बर्दगोरियामा अपाङ्गता भएका नागरिकलाई परिचयपत्र वितरण

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकामा सोमबार अपाङ्गता भएका नागरिकलाई अपाङ्गता परिचय पत्र वितरण गरिएको छ ।

बर्दगोरिया गाउँपालिका उपाध्यक्ष तथा न्यायीक समिति संयोजक गणेश राज गिरिले एक कार्यक्रमका बिच उक्त अपाङ्गता परिचय पत्र बितरण गरेका हुन ।

पछिल्लो ३० दिन भित्र शाखामा आएर आफ्नो अपाङ्गताको प्रकार देखाउदै दिएको निवेदनका आधारमा आज ७ जनलाई अपाङ्गता भएका नागरिकलाई उक्त परिचयपत्र वितरण गरेको उनले बताए ।

यस्तै पालिका भित्रका कोहि पनि अपाङ्गता भएका नागरिक परिचयपत्र लिन बाट बन्चित नहुन भन्दै आफुले विभिन्न माध्यमबाट गाउँ, टोलमा सूचना दिदै गरेको बताए । सोही क्रममा उनले भने-सबैलाई क, ख वर्गको मात्र परिचयपत्र वितरण गर्न सकिदैन त्यसैले राज्यले बनाएको निति अनुसार अपाङ्गताको किसिम अनुसार आफुहरुले उक्त परिचयपत्र वितरण गर्दै आएको हुँदा आफ्नो अपाङ्गताको किसिम अनुसार अपाङ्गता परिचय पत्र बनाई राज्यले दिएका सेवा सुविधामा लिन समेत सम्पुर्णमा अनुरोध गरे ।

जस अनुसार आज ‘क’ वर्ग समुहमा शुन्य ‘ख’ वर्ग समुहमा ३, ‘ग’ वर्ग समुहमा २ र ‘घ’ वर्ग समुहमा २ गरि जम्मा ७ जनालाई उक्त परिचयपत्र वितरण गरिएको छ ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार