मुख्यमन्त्री कमल बहादुर शाहद्वरा दोदोधरा अस्पतालको उद्घाटन
बर्दगोरिया । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नव निर्मित १५ शैया दोदोधरा अस्पतालमा औषधि उपकरणको कुनै कमि हुन नदिने बताए । शुक्रबार कैलालीको बर्दगोरिया गाउपालिकामा आयोजित १५ शैया अस्पतालको उद्घाटन गर्दै सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले सो कुरा बताएका हुन । मुख्यमन्त्री शाहले सम्झौता अगावै निर्माणको काम सम्पन्न गरेकोमा बधाई दिदै अब उपरान्त दोदोधरा अस्पतालमा औषधि उपकरणमा कमि नहुने बताए । उनले भने बर्दगोरियाका जनताले अब औषधि उपचारका लागि बाहिर जानु पर्दैन साथै मुख्यमन्त्री शाहले स साना योजना भन्दा पनि दीर्घकालीन र आवश्यकताका आधारमा योजनाहरु छ्नौट गर्न आग्रह गरे । आवश्यकताका आधारमा योजनाहरु ल्याउनुहोस म बिकासका क्षेत्रमा काम गर्न…


















