सुदुरपश्चिम विशेष

बर्दगोरिया ६ मा नव आगन्तुक वडा सचीवको स्वागत

बर्दगोरिया ६ मा नव आगन्तुक वडा सचीवको स्वागत

बौनिया । कैलालीको बर्दगोरिया गाउँपालिका ६ नम्बर को वडा सचिव पदमा मदन जोशीलाई आएका छन । बर्दगोरिया गाउँपालिकामा एम.आइ.एस. अपरेटर पञ्चिकरण शाखामा कार्यरत जोशी मंगलबार देखि पालिका बाट सरुवा हुँदै वडा सचीव भइ वडा नम्बर ६ मा हाजिर भएका हुन । वडामा मंगलबार देखि औपचारिक रुपमा हाजिर भइ आएका वडा सचीव जोशी लाई वडा कार्यालयले एक औपचारिक कार्यक्रमको आयोजना गर्दै स्वागत गरेको छ । प्रमुख अतिथिको आसनबाट कार्यक्रम लाई सम्बोधन गर्दै वडा अध्यक्ष डगौराले वडा सचीव र वडा अध्यक्षको सम्बन्ध नङ र मासु जस्तो हुनु पर्ने बताए । वडाको समग्र विकासमा वडा सचीवको प्रमुख भुमिका रहने हुँदा आफ्नो जिम्मेवारी सक्रिय…
पुरा पढ्नुहाेस्
बर्दगोरिया-५ मा मंगलबार देखि जग्गा नाप नक्साको कार्य सुरु हुँदै

बर्दगोरिया-५ मा मंगलबार देखि जग्गा नाप नक्साको कार्य सुरु हुँदै

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ५ मा मंगलबार देखी भूमिहिनहरुलाई जग्गा दिन जग्गाको नाप नक्सा कार्य सुरु हुने भएको छ । नेपाल सरकारको भुमिहिन दलित, भुमिहिन सुकुम्बासी र अब्यवस्थित बसोबास गर्दै आएका नेपाली नागरिकलाई जग्गा धनी पुर्जा वितरण गर्ने कार्य अन्तर्गत वडा नम्बर ५ मा भोलि मङगलबार बाट जग्गाको नापनक्साको काम सुरु हुन लागेको वडा अध्यक्ष भोलेराम चौधरीले जानकारी दिए। वडा अध्यक्ष चौधरीका अनुसार उक्त जग्गा नापनक्साको काम भुरुवा गाउँबाट शुरु गरिने भएको छ ।
पुरा पढ्नुहाेस्
रानीजरुवा सामुदायिक व.उ.समुहकाे ९ औँ वार्षिक साधारण सभा सम्पन्न

रानीजरुवा सामुदायिक व.उ.समुहकाे ९ औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ मा रहेको रानीजरुवा सामुदायिक वन उपभोक्ता समुहको ९ औं वार्षिक साधारण सभा आईतबार सम्पन्न भएको छ । सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष लाल सिंह विश्वकर्माको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथी बर्दगोरिया गाउँपालिका वडा नं ३ का वडाध्यक्ष मनऋषि आचार्य रहेका थिए । कार्यक्रमलाई प्रमुख अतिथीको आसनबाट सम्बोधन गर्दै वडा अध्यक्ष आचार्यले "हरियो वन नेपालको धन" भन्ने कुरालाई सबैले आत्मसात गर्नु पर्ने बताए । तर पछिल्लो समय वन क्षेत्रमा चोरी तस्करी का घटना बढ्दो क्रममा रहेका छन । ति चोरी तस्करीका घटना लाई न्यूनीकरण गर्न समुदाय वनको ठुलो भुमिका रहने बताए । सोही…
पुरा पढ्नुहाेस्
भिरबाट लडेर बैतडीमा एक किशोरीको मृत्यु

भिरबाट लडेर बैतडीमा एक किशोरीको मृत्यु

बैतडी । बैतडीमा खर काट्ने क्रममा भिरबाट लडेर एक किशोरीको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको दोगडाकेदार गाउँपालिका –१ गोरङकी १८ बर्षिया सुमिता बिष्टको रहेकी हुन । उनीको शनिबार दिउँसो ५ बजे खर काट्ने क्रममा पिनेखोला भन्ने भिरबाट लडेर मृत्यु भएको स्थानीयले बताएका छन्। भिरबाट लडेर किशोरीको घटनास्थलमै मृत्यु भएको बताइएको छ। किशोरी श्रीपन्चदेव माध्यमिक विद्यालय रिममा कक्षा १२ मा अध्ययनरत थिइन्।
पुरा पढ्नुहाेस्
चाडपर्व लक्षित; सुदूरपश्चिममा सुरक्षा व्यवस्थालाई कडा पारिने

चाडपर्व लक्षित; सुदूरपश्चिममा सुरक्षा व्यवस्थालाई कडा पारिने

कैलाली । चाडपर्व लक्षित सुदूरपश्चिम प्रदेशभित्र सुरक्षा व्यवस्थालाई कडा पारिने भएको छ। नेपाली हरुको महान चाड वडा दशैं, तिहार तथा छठ पर्व लाई लक्ष्यित गर्दै प्रदेशमा सुरक्षा व्यवस्थालाई कडा पारिने भएको छ। चाडपर्वको अवसरमा कुनै पनि प्रकारका सम्भावित आपराधिक घटनाहरु नघटुन भन्दै सुरक्षा व्यवस्था कडा पारिने भएको हो। प्रदेशका सबै जिल्लामा सम्भावित जोखिमको अध्ययन गर्दै सुरक्षा व्यवस्था कडा पारिने गरी तयारी भइरहेको छ। प्रहरीको सङ्ख्या बढाएर सीमा नाका र ग्रामीण बस्तीहरूमा प्रहरी परिचालन गरिने भएको छ। सीमा क्षेत्रबाट हुने तस्करी र ग्रामीण बस्तीमा हुने झगडा तथा सवारी दुर्घटना कम गर्न ट्राफिक प्रहरीको समेत सहयोग लिइने सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जानकारी…
पुरा पढ्नुहाेस्
बर्दगोरिले खुल्ला प्रतिस्पर्धाबाट प्र.अ. छान्दै

बर्दगोरिले खुल्ला प्रतिस्पर्धाबाट प्र.अ. छान्दै

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकाले प्रधानाध्यापक छनौट प्रक्रिया अघि बढाएको छ । गाउँ सरकारले १७ वटा सामुदायिक विद्यालयको प्र.अ. पदका लागी भदौ १९ गते सूचना आह्वान गरेको थियो । सो अवधिमा आवेदन दिएकाहरू मध्ये ९ जनालाई छनौट समितिले छनौट गरेको छ । पालिकाभरिका विद्यालयमा हाल सम्म निमित्त प्रधानाध्यापकलाई कामकाज गर्ने गरी जिम्मा दिइएको थियो । तर अब भने बर्दगोरिया गाउँपालिकाको आधारभूत तथा माध्यमिक शिक्षा ऐन २०७९ तथा नियमावली २०८० को परिच्छेद ८ नियम २८ बमोजिम खुल्ला प्रतिस्पर्धाबाट प्र.अ. छनौट थालिएको गाउँ सरकारका प्रवक्ता मिथुन गौतमले जानकारी दिए । छनौट भएका प्रधानाध्यापकहरूलाई बुधवार बसेको शिक्षा समितिको बैठकले विद्यालयमा समेत खाइसकेको छ…
पुरा पढ्नुहाेस्
जोशीपुरबाट १ लाख बढी नगदसहित १० जुवाडे पक्राउ

जोशीपुरबाट १ लाख बढी नगदसहित १० जुवाडे पक्राउ

कैलाली । कैलालीको जोशीपुर गाउँपालिका बाट नगदसहित १० जुवाडे पक्राउ परेका छन्। गाउँपालिकाको वडा नम्बर ५ बनकट्टा स्थित प्रबेस चौधरीको कुखुरा फारममा जुवातास खेलिरहेको अबस्थामा सोही ठाउँका ४० वर्षीय शिब चौधरीसहित १० जनालाई बुधवार राति प्रहरीले पक्राउ गरेको हो। गोप्य सूचनाको आधारमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र ईलाका प्रहरी कार्यालय भजनीबाट खटिईएको संयुक्त प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको प्रदेश प्रहरी कार्यालय धनगढीले बताएको छ। प्रहरीले उनीहरुलाई १ लाख १३ हजार नगद र ४ बुक तास सहित पक्राउ गरेको बताइएको छ। यस सम्बन्धमा इलाका प्रहरी कार्यालय भजनीले थप अनुसन्धान गरिरहेको छ।
पुरा पढ्नुहाेस्
मुक्तिनाथ तिर्थयात्रामा गएका दुई स्वयंसेवक देवघाटमा बेपत्ता

मुक्तिनाथ तिर्थयात्रामा गएका दुई स्वयंसेवक देवघाटमा बेपत्ता

कैलाली । कैलालीको धनगढी उपमहानगरपालिका बाट मुक्तिनाथ यात्रामा पठाएका वृद्धवृद्धासँगै स्वयंसेवकका रुपमा गएका दुई जना युवा देवघाटमा पौडी खेल्दा बेपत्ता भएका छन्। उनीहरु बिहीबार बिहान ७ः३० बजे कालीगण्डकी र त्रिसुलीको दोभानमा पौडी खेल्न जाँदा पानीमा डुबेर बेपत्ता भएका हुन्। धनगढी उपमहानगरपालिकाले १९० जना वृद्धवृद्धालाई मुक्तिनाथ यात्राका लागि यही आइतवार पठाएको थियो। यात्राको संयोजन धनगढीको लक्ष्मीनारायण मन्दिरले गरेको थियो। लक्ष्मीनारायण मन्दिरबाट स्वयंसेवकका रुपमा मुक्तिनाथ यात्राका लागि गएका भारतको असम घर भएका १८ वर्षीय भोजराज अधिकारी र धनगढीको मिलन चोक घर भएका १५ वर्षीय पंकज दाहाल नदीमा डुबेर बेपत्ता भएको समाचार स्रोतमा उल्लेख गरिएको छ । नदीमा पौडी खेल्ने क्रममा भुमरीमा परेर…
पुरा पढ्नुहाेस्
जोशीपुर गाउँपालिकाले दियो भोलि स्थानीय विदा

जोशीपुर गाउँपालिकाले दियो भोलि स्थानीय विदा

जोशीपुर । जोशीपुर गाउँपालिका कैलालीले असोज ११ गते स्थानीय बिदा दिएको छ । अनन्त चतुर्दशी पर्वको अवसरमा १ दिन स्थानीय बिदा दिएको सुचना मार्फत जानकारी दिएको छ । सूचनामा उल्लेख छ अनन्त चतुर्दशीको अवसरमा जोशीपुर गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय, वडा कार्यालयहरू, स्वास्थ्य संस्थाहरु तथा विद्यालयहरूमा स्थानीय बिदा दिने गाउँ कार्यपालिका बाट २०८० असोज १० मा निर्णय भएको हुँदा सम्बन्धित सबैमा जानकारीको लागि अनुरोध गरिएको प्रमुख प्रशासकीय अधिकृत मार्सल पन्टद्वारा हस्ताक्षरित सुचनामा उल्लेख छ ।
पुरा पढ्नुहाेस्
बर्दगोरिया-६ ले भन्यो सडक छेउछाउ खाली गर्नुस

बर्दगोरिया-६ ले भन्यो सडक छेउछाउ खाली गर्नुस

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ ले सडक छेउछाउ खाली गर्न निर्देशन दिएको छ । बुधबार वडाले एक सूचना जारी गर्दै पृथ्वीपुरदेखि राजीपुर, सुगरखाल हुँदै जोकाहीसम्मको सडक खण्डका छेउछाउ खाली गर्न भनेको हो । उक्त सडकहरू पानी पिचको तयारी भएको हुँदा सडक छेउछाउ खाली गर्न निर्देशन दिएको वडा अध्यक्ष रामकृष्ण डगौरा थारुले जानकारी दिए । सूचनामा भनिएको छ,- सडक छेउछाउमा गाईबस्तु बाध्ने, दाउरा घाँस राख्ने, घर निर्माण भौतिक सामाग्री थुपार्ने जस्ता कार्य नगर्नु होला । यदि यो सूचनाको अटेरी गरेको पाइएमा सडक पानी पिचका क्रममा लाग्ने जेसीबीसम्मको खर्च स्वम व्यक्तिले तिर्नुपर्ने तथा समान जफतसम्म हुने जनाएको छ ।…
पुरा पढ्नुहाेस्