बर्दगोरिया सेती लोकमार्ग पहिचान महोत्सव २०८० चैत्र ९ देखी शुरु
बर्दगोरिया । कैलालिको बर्दगोरिया गाउँपालिकामा बर्दगोरिया सेती लोकमार्ग पहिचान महोत्सव २०८० लाग्ने भएको छ । बर्दगोरिया साहित्य तथा सास्कृतिक मञ्चको आयोजनामा यहि चैत ९ गते देखि १८ गते सम्म महोत्सव हुने आयोजकले जानकारी दिएको छ । ''कृषि ब्यापार ,संस्कृती र पर्यटनको बिकास : निर्माणाधीन सेती लोकमार्गको निकास भन्ने मुल नाराका साथ सुरु हुने महोत्सव चैत १८ गते सम्म सन्चालन हुने आयोजक संस्थाका अध्यक्ष भरत ताम्राकारले जानकारी दिएका छ्न । महोत्सबमा चर्चित राष्ट्रिय कलाकारहरु सहित सुदुरपस्चिमका चर्चित देउडा कलाकारहरुको प्रस्तुती रहने छ । महोत्सवमा एक दर्जन बढी कलाकारहरुले आफ्नो प्रस्तुती राख्ने छन । सेती लोकमार्ग संगै बर्दगोरिया धामलाई चिनाउन महोत्सव आयोजना…


















