बर्दगोरिया सेती लोकमार्ग पहिचान महोत्सव २०८० चैत्र ९ देखी शुरु

बर्दगोरिया । कैलालिको बर्दगोरिया गाउँपालिकामा बर्दगोरिया सेती लोकमार्ग पहिचान महोत्सव २०८० लाग्ने भएको छ ।

बर्दगोरिया साहित्य तथा सास्कृतिक मञ्चको आयोजनामा यहि चैत ९ गते देखि १८ गते सम्म महोत्सव हुने आयोजकले जानकारी दिएको छ ।

”कृषि ब्यापार ,संस्कृती र पर्यटनको बिकास : निर्माणाधीन सेती लोकमार्गको निकास भन्ने मुल नाराका साथ सुरु हुने महोत्सव चैत १८ गते सम्म सन्चालन हुने आयोजक संस्थाका अध्यक्ष भरत ताम्राकारले जानकारी दिएका छ्न ।

महोत्सबमा चर्चित राष्ट्रिय कलाकारहरु सहित सुदुरपस्चिमका चर्चित देउडा कलाकारहरुको प्रस्तुती रहने छ । महोत्सवमा एक दर्जन बढी कलाकारहरुले आफ्नो प्रस्तुती राख्ने छन ।

सेती लोकमार्ग संगै बर्दगोरिया धामलाई चिनाउन महोत्सव आयोजना गर्न लागिएको संस्थाका अध्यक्ष भरत ताम्राकारले जानकारी दिए । महोत्सव सफल पार्नका लागि स्थानिय तह लगायतका संघ संस्था संग सहकार्य गरिरहेको अध्यक्ष ताम्राकारले बताए ।

२०४२ सालबाट सेती लोकमार्गको अवधारणा अघि सारिएको भए पनि सरकारकाले केन्द्रमा राखेर यसको काम अघि बढाउन नसकेको नचाहेको अवस्थामा हरेक वर्ष लाग्ने यो महोत्सवले सरकारको ध्यानाकर्षण गरी यो मार्ग निर्माणको काममा दवाव पुग्ने उद्देश्य रहेको छ ।

कला संस्कृती र पर्यटनलाइ उजागर गर्नका लागि महोत्सबले महत्वपुर्ण भुमिका खेल्ने संस्थाका महासचिव लोकु सिंह ठकुरीले बताए । महोत्सवमा यहाँका पर्यटकिय क्षेत्रका पोस्टर राखिनुका साथै रमाइलो मेला,मगर गाउँ थारु गाउँ, डेउडा,थारु नाच लगायत विभिन्न सस्कृती झल्किने प्रस्तुति सङ्गै ख्याती प्राप्त कलाकारहरुको प्रस्तुती रहने छ ।

महोत्सव अवलोकनका लागि टिकटमा सर्वसाधारणलाइ एक सय, बिद्यार्थीका लागि ५० र अशक्तका लागि छुटको ब्यवस्था गरिएको छ । साथै टिकट बाट उठेको प्रती टिकट १ रुपैयाँ बर्दगोरियामा रहेको सहारा घरलाई छुटाउने आयोजकले जनाएको छ ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार