बर्दगोरियामा लघुवित्त कर्मचारी मञ्च बाैनियाले गर्‍यो रक्तदान

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकामा एक दिने रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

लघुवित्त कर्मचारी मञ्च बाैनियाकाे आयाेजनामा शनिबार उक्त एक दिने रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

रक्तदान कार्यक्रममा लघु वित्तका कर्मचारी तथा बर्दगोरिया गाउँपालिकाका स्थानीय जनसमुदाय मिलि २२ पोइन्ट रगत संकलन भएको मञ्चका अध्यक्ष दुर्गा दत्त जाेशिले जानकारी दिए । उनका अनुसार पछिल्लो समयमा लघु बित्त प्रती आम जनसमुदायमा परेको नकारात्मक प्रभावलाई मेटाउदै लघुबित्तहरु जनसमुदायको हक हितमै रहेको कुरालाई प्रष्ट पार्ने उद्देश्यका साथ उक्त १ दिने रक्तदान कार्यक्रम आयोजना गरेको बताए ।

साे कार्यक्रममा नेपाल रेडक्रस साेसाइटि टिकापुरले प्राविधिक सहयोग रहेको थियो ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार