
बर्दगोरिया गा.पा. पशुसेवा शाखाले सुरु गर्यो आफ्नै भवन बाट सेवा दिन
बर्दगोरिया । बर्दगोरिया गाउँपालिका पशुसेवा शाखाले मंगलबार देखि आफ्नै भवन बाट सेवा दिन सुरु गरेको छ । बर्दगोरिया गाउँपालिकाको नव भवन निर्मित भवनको निर्माण कार्य पुरा भए सङ्गै शाखाले मङलबार बाट आफ्नै निजि भवन बाट सेवा दिन सुरु गरेको हो । विगत ६ वर्ष देखि पालिकाको आफ्नै भवन नहुदा अरुको घर घरवहाल लिएर शाखाले सेवा दिदै आएको पशुसेवा शाखाका प्रमुख जय प्रसाद कोइरालाले बताए । उनले भने- " गाउँपालिकाको आफ्नै भवन नहुदा हामीले अरुको घर वाहलमा लिई अस्थायी रुपमा स्थानीय पशुपालक कृषकहरुलाई सेवा दिनु परेको थियो । तर अहिले पालिकाको आफ्नै भवन निर्माण कार्य सम्पन्न भएपछि हामीले स्थायी रुपमा आफ्नै…