बर्दगोरिया महोत्सवमा आउने कलाकारको नाम सार्वजनिक; नायक पल शाह ११ गते आउदै

बर्दगोरिया । कैलालिको बर्दगोरिया गाउँपालिकामा बर्दगोरिया सेती लोकमार्ग पहिचान महोत्सव २०८० मा आउने कलाकारहरुको टुङ्गो लागेको छ । बर्दगोरिया साहित्य तथा सास्कृतिक मञ्चको आयोजनामा यहि चैत ९ गते देखि १८ गते सम्म महोत्सव हुन लागेको हो ।

कृषि ब्यापार ,संस्कृती र पर्यटनको बिकास : निर्माणाधीन सेती लोकमार्गको निकास भन्ने मुल नाराका साथ सुरु हुने महोत्सव चैत १८ गते सम्म सन्चालन हुने आयोजक संस्थाका अध्यक्ष भरत ताम्राकारले जानकारी दिएका छ्न ।

महोत्सबमा चर्चित नायक पल शाह, गायक कमल खत्री ,चक्र बम, पशुपती शर्मा , शान्ती श्री परियार, एलिना चौहान,शृजना खत्री (हाउडेमाया), गायिका अनु चौधरी , देउडा गायक लाल बहादुर धामी (अछामी बड्डो) मोडल रुबिना अधिकारी , शुशिला कार्की, गायिका तथा उद्घोषिका रुपा घर्तिमगर, मोडल रितु चौधरी, उद्घोषिका कल्पना पाण्डे (कुशुम), हास्य कलाकारहरु सहित सुदुरपस्चिमका चर्चित देउडा कलाकारहरुको प्रस्तुती रहने छ । महोत्सवमा एक दर्जन बढी कलाकारहरुले आफ्नो प्रस्तुती राख्ने छन ।

महोत्सव सफल पार्नका लागि स्थानिय तह लगायतका संघ संस्था संग सहकार्य गरिरहेका अध्यक्ष ताम्राकारले बताए ।

कला संस्कृती र पर्यटनलाइ उजागर गर्नका लागि महोत्सबले महत्वपुर्ण भुमिका खेल्ने संस्थाका महासचिव लोकु सिंह ठकुरीले बताए । महोत्सवमा यहाँका पर्यटकिय क्षेत्रका पोस्टर राखिनुका साथै रमाइलो मेला,मगर गाउँ थारु गाउँ, डेउडा,थारु नाच लगायत विभिन्न सस्कृती झल्किने प्रस्तुति सङ्गै ख्याती प्राप्त कलाकारहरुको प्रस्तुती रहने छ ।

महोत्सव अवलोकनका लागि टिकटमा सर्वसाधारणलाइ एक सय, बिद्यार्थीका लागि ५० र अशक्तका लागि छुटको ब्यवस्था गरिएको छ । साथै टिकट बाट उठेको प्रती टिकट १ रुपैयाँ बर्दगोरियामा रहेको सहारा घरलाई छुटाउने आयोजकले जनाएको छ ।

सेती लोकमार्गको कामलाई तिब्रता दिन दबाब पुगोस भन्ने उद्देश्यक साथ महोत्सव आयोजना गरिएको आयोजकले जानकारी दिएको छ । महोत्सव सफल पार्नका लागि स्थानिय तह लगायतका संघ संस्थाहरुको समेत सहयोग रहेको छ ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार