श्री कालिका मा.वि.को आ.व.२०८०/०८१ को वार्षिक सामाजिक परीक्षण प्रतिवेदन सार्वजनिकीकरण कार्यक्रम सम्पन्न
बर्दगोरिया । श्री कालिका माध्यमिक विद्यालयले आर्थिक वर्ष २०८०/०८१ को वार्षिक सामाजिक परीक्षण प्रतिवेदन सार्वजनिकीकरण कार्यक्रम सम्पन्न गरेको छ । कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ मा रहेको उक्त माध्यमिक विद्यालयले आर्थिक वर्ष २०८०/०८१ को वार्षिक सामाजिक परीक्षण प्रतिवेदन सार्वजनिकीकरण गरेको हो । विद्यालयको सामाजिक परीक्षण समिति संयोजक करण सिंह बोहराको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका कार्यपालिका सदस्य पुष्कर विक रहेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै कार्यपालिका सदस्य विकले पालिकाको पहिलो लक्ष भनेको शिक्षा र स्वास्थ्य भएको हुँदा शिक्षामा गुणस्तरीयता कायम गर्नको लागि निरन्तर विद्यालयको साथमा रहिरहने कुरामा सम्पूर्ण शिक्षक तथा अभिभावकहरू ढुक्क रहन अनुरोध गरे । यस्तै…














