राजेन्द्र रावल
बर्दगोरिया । बर्दगाेरिया स्पाेर्टस एण्ड इभेन्टसकाे आयाेजनामा यहीँ मंसिर २१ गते बाट सुरु हुन लागेको कैलाली जिल्ला स्तरिय छात्र तथा छात्रा फुटबल प्रतियोगिता २०८१ काे दुबै बिद्या तर्फकाे प्रथम पुरस्कार प्रायाेजककाे टुङ्गो लागेको छ । जसमा छात्र प्रभा इट्टा उधाेग जाेसिपुर सिमरिले गर्दा छात्रा तर्फकाे पुरस्कार प्रायाेजन कैलाली गुरुकुल हाइ स्कुल माेतिपुर लम्किले गर्ने भएको हाे । जसकाे पुरस्कार राशि ५१,००० रहेको छ ।
छात्रा तर्फकाे प्रथम पुरस्कार प्रायाेजन गर्ने कैलाली गुरुकुल हाइवे क्षेत्रमा हुने खेलकुद गतिविधि हरुमा बिगत लामाे समय देखि सहयोग गर्दै आएकाे छ । कैलाली गुरुकुलले गत बर्ष भएको प्रथम पालिका स्तरिय कैलाली जिल्लाव्यापि मुख्यमन्त्री कप फुटबल प्रतियोगिता र त्यसअगाडि २०७९ सालमा भएको तेस्रो बालबाटिका क्रिकेट लिगमा समेत प्रथम पुरस्कार प्रायाेजन गरेको थियो । बिद्यालयका संस्थापक माधव थापा आफै समेत विभिन्न खेलकुदका पुर्व राष्ट्रिय खेलाडी रहिसकेका छन् । उहालाई हाइवे क्षेत्रमा खेलकुद प्रेमि र समाजसेवीका रुपमा चिन्ने गरिन्छ ।
यस्तै छात्र तर्फकाे प्रथम पुरस्कार प्रायाेजक रहेको प्रभा इट्टा उधाेग समेत कैलाली जिल्ला भित्र आयाेजना हुने विभिन्न खेलकुद गतिविधि हरुमा सहयोग गर्दै आएको छ । यश अघि समेत अहिलेकाे कैलाली जिल्ला व्यापि बिद्यालय स्तरिय छात्र/छात्रा फुटबल प्रतियोगिता आयाेजक समुहले गर्ने खेलकुद गतिविधि हरुमा याे प्रभा इट्टा उधाेगकाे सहयोग रहदै आएको थियो ।
आयाेजकले दिएको जानकारी अनुसार प्रतियोगितामा जिल्ला भित्रका करिब १६ छात्रा र ३२ छात्र टिमको सहभागिता रहने निश्चित भएको छ । प्रतियोगितामा सहभागी छात्र टिमलाई ४ समुहमा बिभाजन गरि नक आउट पद्धतिमा खेल हुने र समुहको बिजेताले सेमिफाइनलमा स्थान बनाउनेछ । यस्तै उता लिककम नकआउटका आधारमा हुने छात्रातर्फ समेत समूह विजेताले सेमिफाइनलमा स्थान बनाउनेछन् ।
प्रतियोगिताकाे उद्धघाटन एक भव्य समारोहबीच मंसिर २१ गते बिहान ११:३० बजे शुदरपश्चिम प्रदेश सरकारका माननिय मुख्यमन्त्री कमल बहादुर शाहले बर्दगाेरिया गाउपालिका वडा नम्बर ४ काेटागढि खेल मैदानमा गर्ने कार्यक्रम यश अगाडि नै तय भएको छ ।
प्रतियोगितामा प्रथम हुने टिमले नगद रु. ५१ हजार, ट्रफी, मेडल र प्रमाण पत्र पुरस्कार स्वरूप प्राप्त गर्ने छ । यस्तै द्धितिय हुने टिमले नगद रु. ३१ हजार, ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्दा प्रतियोगिताको उत्कृष्ट खेलाडीले पुरस्कार स्वरुप नगद रु ५ हजार ५ सय प्राप्त गर्नेछन ।
यस्तै प्रतियोगितामा सबै भन्दा बढी गोल गर्ने खेलाडी, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट गाेल रक्षक, उत्कृष्ट प्रशिक्षक र उदयमान खेलाडी हरुले समेत पुरस्कार स्वरुप नगद रु. ३ हजार १ सय रुपैयाँ प्राप्त प्रतियोगिता संयाेजक प्रमाेद मल्लले जानकारी दिनु भएको छ ।
यस्तै प्रतियोगिताको दोस्रो चरणका खेलहरुमा प्लेयर अफ द म्याच हुने खेलाडी लाई नगद रु. ५ सय रुपैयाँ प्रदान गरिने भएको छ । उल्लेखित सम्पूर्ण पुरस्कार हरु छात्र तथा छात्रा दुवै बिधामा प्रदान आयोजक कमिटी सदस्य ललिता भट्टले बताउनु भएको छ ।