बर्दगोरिया ६ मा माघ १ देखि ५ सम्म माघी मेला लाग्दै 

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ मा दोश्रो माघी मेला सञ्चालन हुने भएको छ ।

धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण सम्वर्द्धन, कृषि हस्तकला ग्रामीण क्षेत्रको पर्यटन प्रवर्द्धन भन्ने मूल नारा सहित संस्कृति प्रवर्द्धन तथा दोश्रो माघी मेला २०८१ सञ्चालन हुने पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ ।

यस क्षेत्रमा रहेको धार्मिक तथा पर्यटकीय महत्व बोकेको ठाउँको बृहत प्रचारप्रसार, स्थानीय कला, संस्कृतिको संरक्षण तथा प्रवर्द्धन एवम यस ठाउँको विकास गर्ने मुल उद्देश्यका साथ बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ को आर्थिक सहयोगमा वडा नम्बर ६ सुगरखाल स्थित रामजानकी भक्तिनिया अस्थान मन्दिर परिसरमा रहेको खेल मैदानमा गत वर्ष देखि मेला सञ्चालन हुँदै आएको छ ।

यस वर्षको माघी मेला माघ १ गते देखि सुरु भई माघ ५ गते सम्म सञ्चालन हुने जनाईएको छ । मेलामा विभिन्न सांस्कृतिक झाँकी, नाचगान तथा थारु गाउँ लगायत विभिन्न कलाकारहरुको प्रस्तुति मुख्य आकर्षणको रूपमा रहने आयोजक संस्कृति प्रवर्द्धन तथा माघी मेला व्यवस्थापन समितिका अध्यक्ष कलम बहादुर डगौराले बताउनु भयो ।

मेलामा व्यापार व्यवसाय गर्न इच्छुक व्यापारीहरूको लागि पुस १५ गते बाट स्टल बुकिङ खुल्ला गरिने पनि आयोजकले बताएको छ ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार