नेकपा (माओवादी केन्द्र) बर्दगोरियाकि तेस्रो अधिबेशन सम्पन्न; अध्यक्षमा रन्जित 

बर्दगोरिया । नेकपा माओवादी केन्द्र बर्दगोरिया गाउँपालिकाको तेस्रो अधिबेशन सम्पन्न भएको छ ।

अधिवेशन बाट राम कृष्ण डगौरा थारु ( रन्जित) पालिका पार्टी अध्यक्षमा निर्वाचित भएक छ  ।

अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा भेखु चौधरी, उपाध्यक्षमा लाल बहादुर बिक, बाधुराम चौधरी सचीवमा भेषराज जोसी, सह-सचीवमा सुन्दर गौतम, कोषाध्यक्षमा चन्द्रा बिक,सहित ४१ सदस्यीय कमिटी  निर्वाचित भएका भएका हुन ।

नव निर्वाचित कमिटीलाई सोमबार पार्टीका केन्द्रिय सदस्य लाल बहादुर सोडारी (दर्शन) प्रमुख आथित्यमा भएको कार्यक्रम पद तथा गोपनियताको सफल ग्रहण गराइएको हो ।

कार्यक्रममा निवर्तमान अध्यक्ष राम बहादुर साउद (आएम) ले बधाई तथा शुभकामना मन्तव्य राखेका थिए ।

यस्तै कार्यक्रममा नेकपा माओवादी केन्द्र प्रदेश कमिटी सह-सचीव तथा निर्वतमान सुदुरपश्चिम प्रदेश माननीय नन्द बहादुर साउद नयाँ निर्वाचित कमिटीलाई बधाई तथा शुभकामना व्यक्त गर्दै पार्टीले आगामी गर्नु पर्ने कामकारबाही बारे जानकारी आफुले नव निर्वाचित कमिटीलाई आफ्नो पुर्ण सहयोग रहने बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि सोडारीले नव निर्वाचित कमिटी लाई बधाई तथा शुभकामना र निर्वतमान कमिटीलाई धन्यवाद मन्तव्य व्यक्त गर्दै ।

पार्टीको नीति निर्देश अनुसार आफ्नो कार्य कुशलता प्रदशन गर्न आग्रह गर्दै पार्टीको पछिल्लो राजनीतिक अवस्था र नयाँ व्यवस्थापन समिति प्रशिक्षण समेत गराएका थिए ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार