बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ मा रहेको नमुना ग्रामीण बिधुत सहकारी संस्थाको १९ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ ।
सहकारी संस्थाका अध्यक्ष भिम बहादुर जाब्लिको सभापतित्वमा शनिबार सम्पन्न भएको कार्यक्रमका प्रमुख अतिथि बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष जगत बहादुर शाही रहेका थिए ।
कार्यक्रमका प्रमुख अतिथी शाहिले वडा नम्बर ४ को बिकास र समृद्धिका लागी आफू दिनरात नभनी लागी रहेको बताए । संस्थाले राम्रो काम गरेको छ ,अझै प्रगती गरोस भन्ने शुभकामना ब्यक्त गरे । वडा अध्यक्ष शाहिले आफुले कसैलाई पाखा र काखा नगरी काम गरि रहेको बताउदै आगामी दिनमा थप नमुना ग्रामीण विद्युत सहकारीलाई गर्नु पर्ने सम्पुर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएका छन ।
आर्थिक बर्ष २०८०/०८१ को ४३ लाख ,८ हजार, ४ सय ४ रुपैयाँ बराबरको आय व्यय संस्थाका प्रबन्धक डिल बहादुर साउदले प्रस्तुत गरेकका थिए । साथै संस्थाका प्रबन्ध साउदले आर्थिक बर्ष २०८१/०८२ को पुस मसान्त सम्मको ३२ लाख ७१ हजार ५ सय ७२ रुपैयाँ बराबरको आय व्यय प्रस्तुत गरेका थिए ।
नमुना ग्रामीण बिधुत सहकारी संस्थाका सदस्य मोति साउदले स्वागत गरेको कार्यक्रममा कालिका माध्यामिक बिधालय ब्यवस्थापन समितीका पुर्ब अध्यक्ष टेक बहादुर मिजारले संस्थाले राम्रो काम गरेको र आगामी दिनमा अझ राम्रो काम गर्दै संस्थालाई चलायमान बनाउन तर्फ अगाडी बढ्न शुभकामना ब्यक्त गरे । कार्यक्रमको संचालन सचिव वीर बहादुर साउदले गरेका थिए ।