
बर्दगोरिया । बौनिया जेसिजको १३ औं शाखा अधिबेशन सम्पन्न भएको छ ।अधिवेशन बात वर्ष ३०२५ को लागि बौनिया जेसिजको अध्यक्षमा मिलन ओलि सर्बसहमती बाट निर्वाचित भएका छन ।
बौनिया जेसिज बर्ष २०२४ का अध्यक्ष जेसि वीर बहादुर विष्टक सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि बौनिया जेसिजका संस्थापक अध्यक्ष जेसि लिला राज शाही रहेका थिए ।
कार्यक्रम प्रमुख अतिथिको आसनबाट बोल्दै प्रमुख अतिथि लिला राज शाहीले जेसिजले नेतृत्व र ब्याक्तित्व बिकास संगै सामाजिक क्षेत्रमा काम गर्ने भएकाले अझै राम्रो गर्न सुझाव दिए । बौनिया जेसिज सबै युवालाई समेटी समाज रुपान्तरण संगै लागू पदार्थ दुर्ब्यसनीलाई रोक्न अहम भुमिका खेल्नु पर्ने बताए ।
बौनीया जेसिजका कार्यकारिणी उपाध्यक्ष विष्णु विष्टको स्वागत मन्तव्य संगै सुरु भएको कार्यक्रममा बौनिया जेसिज बर्ष २०१५ का अध्यक्ष गणेश प्रसाद भट्ट , बर्ष २०१७ का अध्यक्ष कृष्ण विष्ट, बर्ष १८ का अध्यक्ष जनक बिष्ट, बर्ष २०१९ का अध्यक्ष धिरज शाही , वर्ष २०२२ का अध्यक्ष कृष्ण प्रसाद ओझा लगाएतको सहभागी रहेको थियो ।
बौनिया जेसिजको अध्यक्षमा मिलन ओलि सर्ब सहमती बाट निर्वाचित हुदा कार्यकारिणी उपाध्यक्ष सुनिल भण्डारी र प्रेम सुनार निर्वाचित भएका छन ।
बौनिया जेसिजका उपाध्यक्ष थिरेन्द्र गडशिलाले आस्थापाठ गरेको कार्यक्रमको संचालन महासचिव सुनिल भण्डारीले गर्नु भएको थियो ।