सुदुरपश्चिम विशेष

धनगढीको इन्धन डिपोबाट स्थानीय त्रसित, चाँडो स्थानान्तरणको माग

धनगढीको इन्धन डिपोबाट स्थानीय त्रसित, चाँडो स्थानान्तरणको माग

धनगढी । धनगढी उपमहानगरपालिका–३ चटकपुर निवासी धर्मसिंह–माधवी ऐर दम्पतीलाई हिजोआज निद्रा पर्दैन । घरै अगाडि रहेको नेपाल आयल निगमको इन्धन डिपोका कारण ऐर दम्पतीमात्र होइन, डिपो वरपरका मानिस निर्धक्क भएर सुत्न सकेका छैनन् । डिपोका कारण सधैँ त्रासमा रहनुपरेको उनीहरूको गुनासो छ । स्थानीय धर्मसिंह डिपो स्थानान्तरणका लागि पटकपटक आग्रह गरिए पनि कुनै सुनुवाइ नभएको दुखेसो गर्छन्। पेट्रोलियम पदार्थ भण्डारण गरिएका ठुलाठुला ट्याङ्क नजिकै भएको र डिपोबाट इन्धन ‘लोडअनलोड’ भइरहँदा घरमा आगो बाल्न पनि त्रसित हुनुपरेको चटकपुरका स्थानीयको गुनासो छ । ‘घरमा आगो बाल्न डराउनुपर्ने अवस्था छ’, माधवीले भने, ‘डरले रातभर निद्रा पर्दैन, निगमले डिपो अन्यत्र सारेर स्थानीयलाई निर्धक्क जिउन…
पुरा पढ्नुहाेस्
कञ्चनपुरका प्रेम रोकायालाई तिहारमा फूल बेच्न भ्याइनभ्याई

कञ्चनपुरका प्रेम रोकायालाई तिहारमा फूल बेच्न भ्याइनभ्याई

कञ्चनपुर । बारीमा फूल फुलेर पहेँलपुर छन्। कोही फूल टिप्दैछन् त कोही माला उन्नमा व्यस्त छन्। फूल किन्ने ग्राहकको पनि घुइँचो नै छ। कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–८ सुन्दरनगरका प्रेम रोकायालाई हाल फूल बिक्री गर्न भ्याइनभ्याई छ। तिहारका लागि फूलको माग बढेको उनको भनाइ छ। ‘तिहारका लागि फूलको माग असाध्यै छ। मागअनुसार फूल पुर्याउन भ्याइनभ्याई छ’, उनले भने, ‘कोही बारीमै पुगेर फूल किनिरहेका छन्। कतिपयले फोनबाट फूलको माग गरेका छन् ।’ पछिल्लो समय रोकाया मागअनुसार फूल पुर्‍याउन मोटरसाइकल बिहानैदेखि दौडधुप गरिरहन्छन्। फूल बिक्रीका लागि कहिले दोधारा चाँदनी त कहिले सदरमुकाम महेन्द्रनगर पुग्ने गरेका छन् उनी। तिहारमा हालसम्म १५ हजारका फूल बिक्री…
पुरा पढ्नुहाेस्
बदेलको आक्रमणबाट डोटीमा एक युवकको मृत्यु

बदेलको आक्रमणबाट डोटीमा एक युवकको मृत्यु

कैलाली । बदेलको आक्रमणमा परि डोटीमा एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा बडिकेदार गाउँपालिका(१ धामीगाउँ बस्ने २७ वर्षीय नविन बडेला रहेका छन । बडेलाको बदेलको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। बुधवार बडेला घर नजिकै मष्टदेवता सामुदायिक वनमा बाख्रा चराउदैँ गरेको अवस्थामा जङ्गली बँदेलले आक्रमण गरेपछि गम्भिर घाइते भएका थिए। उनलाई उपचारको लागि धनगढी ल्याउने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।
पुरा पढ्नुहाेस्
कञ्चनपुरबाट २३ जना जुवाडे पक्राउ, पाँच लाख बढी नगद बरामद

कञ्चनपुरबाट २३ जना जुवाडे पक्राउ, पाँच लाख बढी नगद बरामद

कैलाली । कञ्चनपुरको भीमदत्त नगरपालिकाबाट एकैदिन २३ जना जुवाडे पक्राउ परेका छन्। नगरपालिकाको –१ बराकुण्डा रौटेला स्थित रौटेला खोला किनार स्थित झाडी भित्रबाट जुवातास खेलिरहेको अवस्थामा भीमदत्त नगरपालिका४ बस्ने २९ वर्षीय राजेन्द्रबहादुर शाहसहित १३ जना पक्राउ परेका हुन्। यी १३ जनालाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नगद ४ लाख ७४ हजार ९८ र १४ गड्डी ताससहित पक्राउ गरेको हो। बेदकोट नगरपालिका(७ सुडा स्थित ३९ वर्षीय अमर सिंह धामीले संचालन गरेको न्यु हाइवे वाइन्स एण्ड क्याफेमा जुवातास खेलिरहेको अवस्थामा धामीसहित ४ जना पक्राउ परेका छन्। यी चार जनालाई पनि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नगद २६ हजार…
पुरा पढ्नुहाेस्
कैलालीमा लागूऔषधसहित ५ जना पक्राउ

कैलालीमा लागूऔषधसहित ५ जना पक्राउ

कैलाली । कैलालीमा विभिन्न स्थानबाट ३३ ग्राम दुई सय ७० मिलिग्राम खैरी हेरोइनसहित ५ जनालाई पक्राउ परेका छन । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–१ साथी होटल पछाडीको गल्लीबाट वडा नम्बर २ बस्ने २४ वर्षीय उमेश चौधरी र लखिमपुर पलिया भारत बस्ने २५ वर्षीय प्रदिप मौरे रहेका छन । उक्राउ परेका उनीहरूको साथबाट १० ग्राम लागूऔषध बरामद गरिएको छ। यस्तै अछाम चौरपाटी गाउँपालिका–१ स्थायी घर भई हाल कैलालीको धनगढी उपमहानगरपालिका–४ बस्ने प्रियंका होटेल संचालक ३६ वर्षीय बिजय साउँदलाई पनि पक्राउ गरिएको छ। उनको साथ बाट तीन ग्राम तीन सय ८० खैरो हेरोइन बरामद गरिएको हो। यस्तै कैलाली टिकापुर नगरपालिका–९ खग्रौला चेक पोष्ट…
पुरा पढ्नुहाेस्
सुदूरपश्चिम प्रदेशसभामा विषयगत समिति नेतृत्वविहीन हुँदा काम प्रभावित

सुदूरपश्चिम प्रदेशसभामा विषयगत समिति नेतृत्वविहीन हुँदा काम प्रभावित

कैलालीः सुदूरपश्चिम प्रदेशसभामा विषयगत समितिका सभापति लामो समयदेखि नेतृत्वविहीन हुँदा समितिको कामकारबाही प्रभावित भएको छ। समितिका सभापति नहुँदा लेखा समितिमा छलफल हुनुपर्ने महालेखापरीक्षकको वार्षिक प्रतिवेदनमाथिको छलफलसमेत हुन सकेको छैन। सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानलगायत विधेयकमाथिको छलफल पनि अघि बढ्न नसकेको प्रदेशसभा सदस्यले बताएका छन्। प्रदेश तहमा कानुन निर्माणको भूमिकादेखि आवश्यक कामकारबाहीमा निगरानी राख्ने अधिकार रहेको विषयगत समितिलाई ‘मिनी’ संसद्का रुपमा लिइन्छ। समिति नेतृत्वविहीन हुँदा विकासलगायत कामको समेत अनुगमन गर्ने काम प्रभावित बनिरहेको नागरिक उन्मुक्ति पार्टीका प्रदेशसभा सदस्य घनश्याम चौधरी बताउछन्। स्वतन्त्र सदस्य डा ताराप्रसाद जोशी समिति सभापति निर्वाचित हुँदा काममा दबाब पर्छ भन्ने मनसाय देखिएकाले सभापति चयनमा सत्ता पक्षले बेवास्ता गरिरहेको बताए।…
पुरा पढ्नुहाेस्
कैलालीको टीकापुरबाट भन्सार छलीका सामान बरामद

कैलालीको टीकापुरबाट भन्सार छलीका सामान बरामद

कैलाली । कैलालीको टीकापुर नगरपालिकाबाट भन्सार छलीका सामान बरामद गरिएको छ। नगरपालिका–८ बटनपुर र श्रीलंका स्थित सडक खण्डबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका करिब ६३ हजार ६४० मूल्य बराबरको सामान प्रहरीले बरामद गरेकोे हो। उक्त मूल्य बराबरको चिनी, नरिवल, ग्याँस चुलो, डिस्पोजल पिलेट, साईकलको टायर, साईकलको ट्युव, कस्मेटिक लगायतका सामान इलाका प्रहरी कार्यालय टिकापुर, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको जनाएको छ।
पुरा पढ्नुहाेस्
बर्दगोरियामा पालिका स्तरीय मैत्रीपूर्ण फुटबल प्रतियोगिता सुरु

बर्दगोरियामा पालिका स्तरीय मैत्रीपूर्ण फुटबल प्रतियोगिता सुरु

बर्दगोरिया । कैलालीको बर्दगोरियामा शुक्रबादेखि पालिका स्तरीय मैत्रीपूर्ण फुटबल प्रतियोगिता सुरु भएको छ । बर्दगोरिया पत्रकार मञ्चको आयोजनामा सुरु भएको दोस्रो पालिका स्तरीय मैत्रीपूर्ण फुटबल प्रतियोगिताको गाउँपलिका अध्यक्ष कर्ण बहादुर कुवरले उद्घाटन गरेका छ्न । “पारस्परिक सदभाव, आपसी सहयोग र मित्रताका लागि खेल” भन्ने मूल नाराका साथ सुरु भएको मैत्रीपूर्ण फुटबल प्रतियोगिताको उद्घाटन गर्दै पालिका अध्यक्ष कुवरले बर्दगोरियाको खेल क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याउने भन्दै प्रतियोगितालाई सफल रूपमा संचालन गर्न आफुले सबै सहयोग गर्ने प्रतिबद्धता जनाए । उनले खेल जीत हारको मात्र नभई आपसी सम्बन्ध ,भाइचारा र मित्रताको प्रतीक बन्ने हुँदा प्रतियोगिता सफल पार्न सबैको सहयोग उतिकै महत्त्वपूर्ण हुने बताए ।…
पुरा पढ्नुहाेस्
बर्दगोरिया पत्रकार मञ्चको आयोजनामा दोस्रो पालिका स्तरीय फुटबल प्रतियोगिता हुँदै

बर्दगोरिया पत्रकार मञ्चको आयोजनामा दोस्रो पालिका स्तरीय फुटबल प्रतियोगिता हुँदै

कैलाली । बर्दगोरिया पत्रकार मञ्चको आयोजनामा दोस्रो पालिका स्तरीय मैत्रीपूर्ण फुटबल खेल हुने भएको छ । “पारस्परिक सदभाव, आपसी सहयोग र मित्रताका लागि खेल” भन्ने मूल नाराका साथ यही कार्तिक ९ र १० गते बर्दगोरिया पत्रकार मञ्चको आयोजनामा उक्त दोस्रो पालिका स्तरीय मैत्रीपूर्ण फुटबल खेल हुने भएको हो । मञ्चका अध्यक्ष कृष्ण प्रसाद ओझाका अनुसार खेलमा रुचि राख्ने तर उमेर तथा आफ्नो व्यावसायिक व्यस्तताका कारण खेल खेल्न नसकेका स्थानीय व्यापारी, कर्मचारीहरू लगायतका व्यक्तिहरूसँग आपसी सदभाव कायम रहोस् भन्ने उद्देश्यका साथ पालिका स्तरीय फुटबल खेलको आयोजना गरिएको हो । प्रतियोगिताको विजेता हुने टिमले खसी, ट्रफी र प्रमाण–पत्र प्राप्त गर्नेछ, भने यस्तै…
पुरा पढ्नुहाेस्

नेकपा माओवादी केन्द्र सुदूरपश्चिमका नेताहरूको जिम्मेवारी तोकियो

काठमाडौँ । नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशमा कार्यरत केन्द्रीय सदस्यहरूको कार्य विभाजन तोकिएको छ ।  प्रदेश इन्चार्ज गिरिराजमणि पोखरेलले मङ्गलवार प्रदेश, जिल्ला, सदन, विभाग, जबस/मोर्चाहरूमा नेताहरूको कार्य विभाजन तोकेका हुन् । प्रदेश इन्चार्ज पोखरेलका अनुसार प्रदेशमा कार्यरत केन्द्रीय सदस्यहरूको तीन सदस्य कार्यालय गठन गरेको मातहतका समितिमा परिपत्र पठाइएको छ।  जसमा प्रदेश इन्चार्ज पोखरेल, सह इन्चार्ज बिना मगर र स्थायी समिति सदस्य खगराज भट्ट रहेका छन् । यसै गरी सङ्घीय र प्रादेशिक निर्वाचन क्षेत्रमा नेताहरूको जिम्मेवारी तोकिएको छ । सङ्घीय निर्वाचन क्षेत्र अन्तर्गत कैलाली १ मा तिलकबहादुर परियार, २ मा लालबहादुर सोडारी, ३ मा कृष्णकुमार चौधरी, ४ मा लच्छीराम आचार्य र…
पुरा पढ्नुहाेस्