सुदुरपश्चिम विशेष

बैतडीमा जीप दुर्घटना; एक जनाको मृत्यु तीन जना घाइते 

बैतडीमा जीप दुर्घटना; एक जनाको मृत्यु तीन जना घाइते 

२३ चैत, कैलाली । बैतडीमा गएराती जीप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएको छन् । शुक्रबार राति पौने ९ बजे जिल्लाको दशरथचन्द नगरपालिका–११ नानीगाडस्थित देहीमाण्डौ– गिरेगडा भित्री सडक खण्डमा बीएसी ५६५९ नम्बरको बोलेरो जीप अनियन्त्रि भएर दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परेर जीपमा सवार पञ्चेश्वर गाउँपालिका–५ बस्ने ५४ वर्षीय चंचले दयालको मृत्यु भएको छ । गम्भीर घाईते अवस्थामा जिल्ला अस्पताल पुगाइएका दयाललाई चिकित्सकले चेकजाँच गर्दा मृत घोषणा गरेका थिए । जीप चालकसहितका अन्य चार जना भने घाइते भएका छन् । घाइते हुनेमा चालक पञ्चेश्वर गाउँपालिका–६ बिजुल बस्ने ३५ वर्षीय राकेश कोली, रोडीदेवल…
पुरा पढ्नुहाेस्
कैलाली जिल्ला न्यायाधीश द्वारा बर्दगोरियामा न्यायिक समितिको गतिविधिबारे छलफल तथा अनुगमन 

कैलाली जिल्ला न्यायाधीश द्वारा बर्दगोरियामा न्यायिक समितिको गतिविधिबारे छलफल तथा अनुगमन 

बर्दगोरिया । कैलालीका जिल्ला न्यायाशीध दण्डपाणि लामिछानेले बर्दगोरिया गाउँपालिकाको न्यायिक समितिले गरेको कामकारबाहीको अनुगमन गरेका छन् । साथै न्यायाधीस लामिछानेले न्याय सम्पादन र अदालत बाट प्रभाह हुने सेवा सुबिधाका बारेमा जानकारी गराउनु भएको थियो । पालिकामै आएर न्यायाधीश लामिछानेले न्यायिक समितिले गरेका कामकारबाहीका बारेमा अनुगमन गरेका हुन् । हरेक वर्ष जिल्ला न्यायाधीशले स्थानीय पालिकाको न्यायिक समितिले गरेका कामकारबाहीका विषयमा अनुगमन गर्ने गरेका छन । संविधानले नै व्यवस्था गरेको छ । अनुगमका क्रममा उनले पालिकाको न्यायिक समितिले गरेका काम सन्तोषजनक रहेको बताए । न्यायाधीश लामिछानेले न्यायिक समिति मिनी अदालत नै भएकाले निषपक्ष रुपमा कार्यसम्पादन गर्न आग्रह समेत गरे । सो क्रममा…
पुरा पढ्नुहाेस्
जाजरकोटमा ३ मिनेटको फरकमा लगातार दुई भूकम्प

जाजरकोटमा ३ मिनेटको फरकमा लगातार दुई भूकम्प

कैलाली । शुक्रबार साँझ जाजरकोट केन्द्रबिन्दु भएको लगातार दुईवटा भूकम्प गएको छ । पहिलो भूकम्प साँझ ८ बजेर ७ मिनेटमा गएको थियो भने दोस्रो भूकम्प तीन मिनेटपछि गएको थियो । राष्ट्रिय भूकम्प मापन केन्द्रले दिएको जानकारी अनुसार भूकम्पको केन्द्रबिन्दु पैंक क्षेत्र आसपास रहेको थियो । पहिलो भूकम्पको तीव्रता ५.२ म्याग्निच्युडको रहेको थियो । दोस्रो भूकम्पको तीव्रता ५.५ म्याग्निच्युड थियो । भूकम्पको धक्का आसपासका जिल्लाहरूमा पनि महसुस भएको थियो ।
पुरा पढ्नुहाेस्
नेपाल उत्पीडित जातीय मुक्ति समाज बर्दगोरियाको दोस्रो सम्मेलन सम्पन्न; अध्यक्षमा नवराज टमट्टा

नेपाल उत्पीडित जातीय मुक्ति समाज बर्दगोरियाको दोस्रो सम्मेलन सम्पन्न; अध्यक्षमा नवराज टमट्टा

बर्दगोरिया । नेकपा एमालेको भातृ संगठन नेपाल उत्पीडित जातीय मुक्ति समाज बर्दगोरिया गाउँ कमिटीको दोस्रो सम्मेलन सम्पन्न भएको छ । संगठनको गत चैत्र २० गते बर्दगोरियामा सम्पन्न सम्मेलनले नवराज टमट्टाको अध्यक्षतामा २१ सदस्यीय नयाँ कमिटी गठन गरेको थियो । जसको उपाध्यक्षमा मान बहादुर बिक, विर्मादेवि विस्वकर्मा, सचीवमा प्रकाश नेपाली , उपसचिवमा बबिता सुनार, हिरा सिंह भुल, कोषाध्यक्षमा विर्मादेवी भुललाई चयन भएका छन । यसैगरी सदस्यतर्फ पदम तिरुवा, धौली देवि विक, दल बहादुर भुल, पहल सिंह नेपाली, चेतमान भुल, कालाराम टमट्टा, रतन बिक, प्रताप बिक, बिमला देवि भुल, पुष्कर बिक, जङ्ग बहादुर भुल, रविन बिक र शेर बहादुर बिकलाइ चयन गरेको…
पुरा पढ्नुहाेस्
कञ्चनपुरमा मृत भेटिएको हात्तीको अन्तिम संस्कार गरियो

कञ्चनपुरमा मृत भेटिएको हात्तीको अन्तिम संस्कार गरियो

कञ्चनपुर । कञ्चनपुरमा मृत भेटिएको हात्तीको अन्तिम संस्कार गरिएको छ। जिल्लाको दोधारा चाँदनी नगरपालिका–३ बडुवाल टोलनजिकै दशगजामा मृत भेटिएको हात्तीको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मधयवर्ती क्षेत्रमा पर्ने भएकाले निकुञ्जको टोलीले अन्तिम संस्कार गरेको हो । मृत भाले हात्तीको निकुञ्जका पशु चिकित्सक डाक्टर आभाश श्रेष्ठले पोस्टमार्टम गरेपछि अन्तिम संस्कार गरिएको हो। पोस्टमार्टममा करेन्ट लागेकै आशंका गरिएको छ। ‘रिपोर्ट तयार भइसकेको छैन, करेन्टकै कारण मृत्यु भएको जस्तो छ,’ उनले भने। हात्तीको सुँडमा घाउ देखिएको थियो। नेपाल–भारत सीमाको दशगजा क्षेत्रमा भेटिएको उक्त हात्ती भारतकै वनबाट आएको हुन सक्ने अनुमान गरिएको छ। एक महिना अघि लालझाडी गाउँपालिकामा पनि करेन्टकै कारण वयस्क हात्तीको मृत्यु भएको थियो।…
पुरा पढ्नुहाेस्
नेपाल राष्ट्रिय शिक्षक संगठनले गर्‍यो बर्दगोरियामा शैक्षिक सुधारका लागि अन्तरक्रिया

नेपाल राष्ट्रिय शिक्षक संगठनले गर्‍यो बर्दगोरियामा शैक्षिक सुधारका लागि अन्तरक्रिया

बर्दगोरिया । नेपाल राष्ट्रिय शिक्षक संगठनले शैक्षिक सुधारका लागि बर्दगोरिया गाउँपालिकाका सामुदायिक शिक्षक, शिक्षिकाहरु बिच अन्तरक्रिया कार्यक्रम गरेको छ। विद्यालयमा भर्ना दर वृद्धि गर्न र शैक्षिक गुणस्तर सुधारका लागि अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा आफ्नो भनाई राख्दै पालिका अध्यक्ष कर्ण बहादुर कुँवरले भने विद्यालयको शैक्षिक अवस्था खस्कदै जानुमा अनुशासन पनि हो त्यसैले बर्दगोरियाका केही बिधालयमा अनुशासन कम पाएको छु आगामी दिनमा शुधार गर्दै जान हुन आग्रह गरे । उनले विद्यार्थी निजी विद्यालयमा जाँदा अभिभावकले धेरै ध्यान दिने तर साुमदायीक विद्यालयमा भर्ना हुने विद्यार्थीप्रति चासो नहुनु राम्रो नभएको बताए । उनले विद्यालयको शैक्षिक सुधारका लागि पालिकाले जस्तो सुकै सहयोग…
पुरा पढ्नुहाेस्
बर्दगोरिया पशु स्वास्थ्य सेवा शाखा द्वारा वडा नं. २ मा १ दिने पशु स्वास्थ्य शिबिर सम्पन्न

बर्दगोरिया पशु स्वास्थ्य सेवा शाखा द्वारा वडा नं. २ मा १ दिने पशु स्वास्थ्य शिबिर सम्पन्न

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नं २ बनडेवामा निशुल्क पशु स्वास्थ्य शिबिर तथा खोप कार्यक्रम सम्पन्न भएको छ । बर्दगोरिया गाउँपालिकाको पशु सेवा शाखाको सहकार्यमा निशुल्क पशु स्वास्थ्य शिबिर सम्पन्न भएको हो । बर्दगोरिया गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष गोबिन्द बि क को अध्यक्षतामा कार्यक्रम भएको हो । उक्त शिविरवाट वडा नम्बर २ का २ सय बढी पशुधनीहरुले सेवा लिएका छन् । बिहान ८ बजेदेखी दिउँसो ३ बजे सम्म संचालन गरेको उक्त शिविरमा १ हजार २ सय ५५ पशुहरुको औषधी उपचार र २ सय ३९ लाई खोप लगाइएको पशु शाखाका पशु स्वास्थ्य अधिकृत जय प्रसाद कोईरालाले जानकारी…
पुरा पढ्नुहाेस्
सकिन्छ जनतालाई नि सुल्क पुर्जा बाँडौँ सकिदैन राजस्व घटाऔं: कर्ण कुँवर

सकिन्छ जनतालाई नि सुल्क पुर्जा बाँडौँ सकिदैन राजस्व घटाऔं: कर्ण कुँवर

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर कुँवरले अव्यवस्थित बसोबासीहरुलाई नि सुल्क लालपुर्जा वितरण गर्नु पर्ने बताएका छन् । मङ्गलवार भूमि आयोग कैलालीले धनगढीमा आयोजना गरेको पालिकाका पदाधिकारीका लागि अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो सुझाव दिएका हुन । सरकारले अव्यवस्थित जग्गाको राजस्व निकै चर्को तोकेको र स्थानीयले सोही अनुरूप राजस्व तिर्न सक्ने अवस्था नभएकाले राजस्व घटाउनु पर्ने वा नि सुल्क रूपमा पुर्जा वितरण गर्नु पर्ने धारणा राखे । “मलाई कता कता जनतालाई लालपुर्जा नदिने हो कि भन्ने लागिरा छ । हामीले कति दुख गरेर नापी सम्पन्न गरेका छौ तर पुर्जा दिन सक्ने अवस्था छैन । पुर्जाको राजस्व…
पुरा पढ्नुहाेस्
लम्कीमा रहेको pragmatic international education consultancy द्धारा बधाई तथा शुभकामना प्रदान कार्यक्रम सम्पन्न

लम्कीमा रहेको pragmatic international education consultancy द्धारा बधाई तथा शुभकामना प्रदान कार्यक्रम सम्पन्न

लम्की । केलालीको लमकीचुहा नगरपालिका वडा १ मा रहेको प्राग्म्याटि इन्टरनेशनल कन्सलटेन्सीले pragmatic international education consultancy ले शनिबार बधाई तथा शुभकामना प्रदान कार्यक्रम सम्पन्न गरेको । जापान, अस्ट्रेलीया, क्यानडा लगाएतका देशहरुमा अध्ययन तथा रोजगारीको लागि सहजिकरण गर्दै आएको उक्त कन्सलटेन्सीले शनिबार बधाई तथा शुभकामना प्रदान कार्यक्रमको आयोजना गर्दै जापन अध्ययनका लागि सि.इ.ओ प्राप्त गरेका करिव २० जना विध्यार्थीलाई बधाई तथा शुभकामना प्रदान गरेको हो । consultancy का निर्देशक रुपेश देवकोटाको सभाध्यक्षतामा भएको कार्यक्रममा consultancy का लम्की शाखाका प्रवन्ध निर्देशक हर्क जंग अधिकारीले अध्ययनका लागि जापान जान लागेका सम्पूर्ण विध्यार्थीहरुलाई त्यहाँ जादा हुने समस्या र त्यसको समाधान कन्सलटेन्सीले गर्ने सहजीकरण तथा…
पुरा पढ्नुहाेस्
श्री पथरिया सामुदायिक वन उपभोक्ता समूहको १७ औं वार्षिक साधारण सभा सम्पन्न

श्री पथरिया सामुदायिक वन उपभोक्ता समूहको १७ औं वार्षिक साधारण सभा सम्पन्न

लम्की । कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर ८ मा रहेको श्री पथरिया सामुदायिक वन उपभोक्ता समूहको १७ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सामुदायिक वनका अध्यक्ष भद्र विष्टको अध्यक्षतामा शनिबार भएको उक्त १७ औं वार्षिक साधारण सभाका प्रमुख अतिथि लम्कीचुहा नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष हरि प्रसाद चौधरी हरेको थिए । कार्यक्रलाई समबोधन गर्दै प्रमुख अतिथि चौधरीले सामुदायिक वन समुदायको भएको हुँदा त्यसको प्रत्यक्ष लाभ आम समुदायलाई हुनु पर्ने बताए । समुदायलाई वन बाट पाउने हरेक प्रकारका सेवा सुलभ दरमा दिन समेत अनुरोध गरे । विगतमा लाखौ रकम घाटमा गएको यो वन अहिले आएर नाफामा गएको…
पुरा पढ्नुहाेस्