
बर्दगोरिया । नेकपा एमालेको भातृ संगठन नेपाल उत्पीडित जातीय मुक्ति समाज बर्दगोरिया गाउँ कमिटीको दोस्रो सम्मेलन सम्पन्न भएको छ ।

संगठनको गत चैत्र २० गते बर्दगोरियामा सम्पन्न सम्मेलनले नवराज टमट्टाको अध्यक्षतामा २१ सदस्यीय नयाँ कमिटी गठन गरेको थियो ।

जसको उपाध्यक्षमा मान बहादुर बिक, विर्मादेवि विस्वकर्मा, सचीवमा प्रकाश नेपाली , उपसचिवमा बबिता सुनार, हिरा सिंह भुल, कोषाध्यक्षमा विर्मादेवी भुललाई चयन भएका छन ।

यसैगरी सदस्यतर्फ पदम तिरुवा, धौली देवि विक, दल बहादुर भुल, पहल सिंह नेपाली, चेतमान भुल, कालाराम टमट्टा, रतन बिक, प्रताप बिक, बिमला देवि भुल, पुष्कर बिक, जङ्ग बहादुर भुल, रविन बिक र शेर बहादुर बिकलाइ चयन गरेको छ ।


नेपाल उत्पीडित जातीय मुक्ति समाज बर्दगोरियाका निवर्तमान उपाध्यक्ष धन बहादुर भुलको सभाध्यतामा भएको कार्यक्रमको प्रमुख अतिथि नेकपा एमालेका केन्द्रिय सदस्य कमला ओली रहेकी थिइन ।

यसैगरी विशिष्ट अतिथिमा नेपाल उत्पीडित जातीय मुक्ति समाजका केन्द्रिय सदस्य प्रेम भुल र अतिथितर्फ नेकपा एमाले सुदुरपश्चिम प्रदेश कमिटी सदस्य नर बहादुर खड्का, भिम बहादुर कुवर, कर्ण बहादुर कुवरसहितको उपस्थिति रहेको थियो ।