
२३ चैत, कैलाली । बैतडीमा गएराती जीप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएको छन् ।

शुक्रबार राति पौने ९ बजे जिल्लाको दशरथचन्द नगरपालिका–११ नानीगाडस्थित देहीमाण्डौ– गिरेगडा भित्री सडक खण्डमा बीएसी ५६५९ नम्बरको बोलेरो जीप अनियन्त्रि भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परेर जीपमा सवार पञ्चेश्वर गाउँपालिका–५ बस्ने ५४ वर्षीय चंचले दयालको मृत्यु भएको छ । गम्भीर घाईते अवस्थामा जिल्ला अस्पताल पुगाइएका दयाललाई चिकित्सकले चेकजाँच गर्दा मृत घोषणा गरेका थिए ।

जीप चालकसहितका अन्य चार जना भने घाइते भएका छन् । घाइते हुनेमा चालक पञ्चेश्वर गाउँपालिका–६ बिजुल बस्ने ३५ वर्षीय राकेश कोली, रोडीदेवल बस्ने ५२ वर्षीय लालिराम कोली र दशरथचन्द नगरपालिका–१० बाराकोट बस्ने वर्षीय ३० कविता परियार छन् ।
उनीहरुको जिल्ला अस्पताल बैतडीमा उपचार भईरहेको प्रहरीले जनाएको छ । जीप सडकबाट करीब ४० मिटर तल खसेको छ । दुर्घटनाको कारण भने खुलेको छैन ।
