कैलाली जिल्ला न्यायाधीश द्वारा बर्दगोरियामा न्यायिक समितिको गतिविधिबारे छलफल तथा अनुगमन 

बर्दगोरिया । कैलालीका जिल्ला न्यायाशीध दण्डपाणि लामिछानेले बर्दगोरिया गाउँपालिकाको न्यायिक समितिले गरेको कामकारबाहीको अनुगमन गरेका छन् ।

साथै न्यायाधीस लामिछानेले न्याय सम्पादन र अदालत बाट प्रभाह हुने सेवा सुबिधाका बारेमा जानकारी गराउनु भएको थियो ।

पालिकामै आएर न्यायाधीश लामिछानेले न्यायिक समितिले गरेका कामकारबाहीका बारेमा अनुगमन गरेका हुन् । हरेक वर्ष जिल्ला न्यायाधीशले स्थानीय पालिकाको न्यायिक समितिले गरेका कामकारबाहीका विषयमा अनुगमन गर्ने गरेका छन । संविधानले नै व्यवस्था गरेको छ ।

अनुगमका क्रममा उनले पालिकाको न्यायिक समितिले गरेका काम सन्तोषजनक रहेको बताए । न्यायाधीश लामिछानेले न्यायिक समिति मिनी अदालत नै भएकाले निषपक्ष रुपमा कार्यसम्पादन गर्न आग्रह समेत गरे ।

सो क्रममा न्यायाधीश लामिछाने सहितको टोलीलाई पालिका अध्यक्ष कर्ण बहादुर कुँवर, उपाध्यक्ष गणेश राज गिरि, प्रमुख प्रशासकीय अधिकृत बिक्रम श्रेष्ठले स्वागत गरेका थिए ।

उपाध्यक्ष गणेश राज गिरिको संयोजकत्वमा रहेको न्यायिक समितिले गरेका प्रक्रियागत कुराको अनुगमन गरिएको हो । न्यायिक समितिले सम्पादन गर्ने मुद्दाहरु शुरुदेखि फैसलासम्मका प्रक्रिया मिले नमिलेकोबारे आर्थिक वर्षको अन्त्यमा अनुगमन गर्ने गरिन्छ । अनुगमनपछि न्यायाधीश लामिछाने सहितको टोलिले बर्दगोरिया गाउँपालिकामा न्याय सम्पादन प्रक्रिया सन्तोषजनक रहेको जानकारी गराए ।

अनुगमन तथा छलफल कार्यक्रममा वडा नम्बर १ का अध्यक्ष मिथुन गौतम, वडा नम्बर २ का अध्यक्ष गोबिन्द बि क, वडा नम्बर ३ का अध्यक्ष मनऋषि आचार्य , कार्यपालिका सदस्य सरस्वती बि क, कलावती ढुंगाना, पुष्कर बि क, भिम बहादुर बि क, माया चौधरी, मिरा आलेमगर लगाएत कर्मचारीहरुको सहभागिता रहेको थियो ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार