सिट बाँडफाँटका लागि सत्ता गठबन्धनद्वारा गठित कार्यदलको बैठक आज पनि बस्ने
८ भदौ २०७९ काठमाडौं । आगामी मंसिर ४ गते हुने निर्वाचनमा सिट बाँडफाँटका लागि सत्ता गठबन्धनद्वारा गठित कार्यदलको बैठक आज पनि बस्ने भएको छ । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि सिट बाँडफाँटको मापदण्ड तयार गर्ने जिम्मेजारी पाएको कार्यदलको बैठक आज बुधबार पनि बस्न लागेको हो । मंगलबार हिजो बसेको बैठकपछि एक कार्यदल सदस्यले भोलिसम्म कार्यदलले मापदण्डको टुंगो लाग्ने बताएका थिए । हिजोको बैठक बिना निष्कर्ष टुंगिएको थियो । सिट बाँडफाँटबारे मापदण्डमा तयार पार्न बैठक आज साँझ ५ बजे बैठक पुनः बस्नेछ । विभिन्न मोडालिटीमा छलफल गरिरहेको कार्यदल २०७४ को चुनावको प्रत्यक्ष, समानुपातिक तथा गएको स्थानीय निर्वाचनको नतिजाको आधार…