माओबादी अध्यक्ष प्रचण्डद्वारा संविधान दिवसको अवसरमा शुभकामना ब्यक्त
३, असोज २०७९ काठमाडौं । नेकपा (माओबादी केन्द्र)का अध्यक्ष तथा पुर्ब प्रधानमन्त्री पुस्पकमल दहाल प्रचण्डले संविधान दिवसको अवसरमा शुभकामना ब्यक्त गरेका छन । अध्यक्ष प्रचण्डले आज एक विज्ञप्ती जारी गर्दै नेपालीको संविधान २०७२ जारी भएको ७ वर्ष पुरा भएको अवसरमा आम देशवासी हरुमा शुभकामना व्यक्त गरेका हुन । यस्तो छ अध्यक्ष दहालद्वारा जारी शुभकामना संविधान दिवस–२०७९ को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु । सर्वप्रथम यो संविधानका लागि जीवन उत्सर्ग गर्ने महान् सहिदहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै बेपत्ता, घाइते, अपाङ्गता भएका योद्धाहरुप्रति उच्च सम्मान प्रकट गर्दछु ।…


















