सातौं संविधान दिवस; राष्ट्रिय युवा संघ नेपाल बर्दगाेरियाले दिप प्रज्वलन गरि मनाउदै

१, असोज २०७९ बर्दगोरिया (कैलाली) । संविधान दिवसको अवसरमा राष्ट्रिय युवा संघ नेपाल बर्दगाेरिया गाउँ कमिटीले दिप प्रज्वलन कार्यक्रम गर्ने भएको छ ।

असोज ३ गते संविधान दिवसको अवसरमा नेकपा एमालेको भातृ संघठन राष्ट्रिय युवा संघ नेपाल बर्दगाेरिया गाउकमिटीले दिप प्रज्वलन कार्यक्रम गर्ने भएको हो ।

राष्ट्रिय युवा संघ नेपाल बर्दगाेरिया गाउँ कमिटीका अध्यक्ष राजेन्द्र रावलका अनुसार संघीय गणतन्त्र नेपालको संविधान जारी भएको सातौं वर्ष पार गरेको अवसर युवा संघ नेपालले नेकपा एमाले बर्दगोरिया गाउँ कमिटीको कार्यालयमा संविधान दिवसको दिन दिप प्रज्वलन गर्ने भएको हो ।

२०६२/०६३ कोे आन्दोलनको राजनीतिक परिवर्तपछि दोस्रो संविधान सभा निर्वाचनमार्फत २०७२ असोज ३ गते नेपालको संविधान २०७२ जारी भएको थियो ।

दिप प्रज्वलन प्रज्वलन कार्यक्रममा नेकपा एमाले बर्दगोरिया गाउँ कमिटीका पदाधिकारी, नेता, कार्यकर्ताको सहभागिता रहने भएको छ ।
कार्यक्रम असोज ३ गते साेमबार बेलुका ६:०० बजे नेकपा एमाले बर्दगोरिया गाउँ कमिटीको कार्यालयमा हुने अध्यक्ष रावलले जानकारी दिए ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार