कैलाली निर्वाचन क्षेत्र नं. २ (क) बाट युवा नेता सुरेन्द्र जैसीको नाम सिफारिस

३१, भाद्र २०७९ मोहन्याल (कैलाली) । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि कैलाली निर्वाचन क्षेत्र नम्बर २ क का लागि नेकपा माओवादी केन्द्रले युवा नेता सुरेन्द्र जैसीको नाम सिफारिस गरेको छ ।

पार्टीले कैलाली निर्वाचन क्षेत्र नम्बर २ प्रदेशसभा क बाट समानुपातिक तर्फ युवा नेता सुरेन्द्र जैसीको नाम सिफारिस भएको छ ।
जैसी लामो समय देखी कम्यूनिस्ट आन्दोलनमा सकृय भुमिकामा रहेका छन । उनी माओवादी आन्दोलनमा विद्यार्थी राजनीतिबाट राजनीति सुरुवात गरेका थिए । जैसीले पार्टीको संगठन विस्तारदेखि गाउँ, टोलसम्म पुगेर पार्टीका गतिविधिका बारेमा जनता तथा मतदाता समक्ष जानकारी गराएका छन् । युवाहरू माझ निकै लोकप्रिय बनेका जैसी विभिन्न रुपमा सामाजिक कार्यमा तल्लीन रहेका छन ।

उनी निरन्तर समाज तथा देश विकास र रुपान्त्रणमा आवाज उठाउँदै आएका छन । विकास निर्माणका कामहरू हुनुपर्छ भनेर निरन्तर आवाज उठाउने जैसी जनताको हकहितका लागि लडिरहेका हुन्छन ।

उनी नेकपा माओवादी केन्द्र मोहन्याल गाउँकमिटी सचिव तथा जिल्ला समन्वय सदस्य, वाइसीएल मोहन्याल कमिटी अध्यक्ष हुन ।
जैसी कैलाली जस्तो सुगम जिल्लाको दुर्गम पालिका मोहन्याल गाउँपालिकामा वसोवास गर्दै आएका छन । सुगम जिल्लाको दुर्गम पालिका बसेर हरेक मोहोन्याली जनताको सुख दुःखमा साथ दिदै आएका छन । उनी दतिल, पिछडियका वर्ग, समुदाय तथा सधै न्यायको पक्षमा आवाज उठाउने भएकाले यस क्षेत्रमा एक स्वच्छ छवि भएको व्यक्तिका रुपमा समेत परिचित रहेका छन । जैसीले गर्ने व्यवहारबाट मोहन्यालका युवाहरु सधैं उनको पक्षमा रहँदै आएका छन् । जैसी मोहन्यालका लागि थुप्रै परिचिय अनुसार मध्ये एक हुन ।

उनले नौलो प्रेस सँग कुरा गर्दै पार्टीले आफ्नो कार्यको मूल्याकंन गरेको मा आफु निकै खुसी भएको बताए । जसरी पार्टीको तल्लो कमिटीले आफ्नो कार्यको मुल्यांकन गरी नाम सिफरीस गरेको छ । त्यसरीनै टिकट पाउँदा चुनाव जित्ने आफुले विभिन्न आधार रहेको बताए । यदि आफुले टिकट नपाई अन्य कुनै पनि व्यक्तिले टिकट पाएको खण्डमा व्यक्ति भन्दानी पार्टिको उद्येश्य र लक्षलाई आधार मानी पूर्ण रुपमा सहयोग गर्ने बताए । सोहि अवसरमा उनले जोडे– माओवादी भनेको पिछडिएका वर्ग, समुदाय तथा समग्र देश विकासको निम्ती लडने पार्टी रहेकोले माओवादीलाई जिताउन समेत जनताहरुमा आग्रह गरे ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार