नेपाल लोकतान्त्रिक थारु संघ बर्दगोरिया-५ को वडा कमिटी गठन

२, असोज २०७९ बर्दगोरिया (कैलाली) । एमाले निकट नेपाल लोकतान्त्रिक थारु संघ बर्दगोरिया गाउँपालिका वडा नम्बर ५ को वडा कमिटी गठन भएकोे छ ।

आइतबार गाउँ कमिटी अध्यक्ष आइतवारी चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रमबाट सुशीता चौधरी अध्यक्षतामा नयाँ वडा कमिटी गठन गरिएको हो । कमिटीको उपाध्यक्षमा ज्वाला प्रसाद कठरिया,प्रकाश चौधरी ,सचिबमा अमर चौधरी, उपसचिबमा सत्य नारायण चौधरी र कमला पति कठरिया लगाएत अन्य सदस्य छ्न ।

संघका बर्दगोरिया गाउँ कमिटी अध्यक्ष अट्वारी चौधरीको सभाअध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि एमाले सुदुरपश्चिम प्रदेश कमिटी सचिवालय सदस्य कर्ण बहादुर कुवर रहनुभएको थियो । यस्तै विशिस्ट अतिथिमा एमाले सुदुरपश्चिम प्रदेश कमिटी सदश्य भोजराम शर्मा, एमाले जिल्ला कमिटी कैलाली सचिब डेजि पाण्डे लगाएत रहेका थिए ।

कार्यक्रममा नेपाली काङ्ग्रेसबाट ६० जनाले पार्टी परित्याग गरि एमाले प्रवेश गरेको जनाएको छ । उनीहरूलाई प्रमुख अतिथी, विशिस्ट अतिथिले टीका र फुलले स्वागत गरेका थिए ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार