बर्दगोरियाबाट प्रदेश सभा (ख) समानुपातिकतर्फ ध्वज बहादुर सुनारको नाम सिफारिस

२८ भाद्र २०७९, कैलाली । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि नेकपा (माओवादी केन्द्र) कैलाली क्षेत्र नम्बर २ ले उम्मेदवारीको लागि ध्वज बहादुर सुनारको नाम पनि सिफारिस गरेको छ ।

पार्टीले कैलाली निर्वाचन क्षेत्र नम्बर २ लागि प्रदेश सभा (ख) समानुपातिकतर्फ ध्वज बहादुर सुनारलाई दलित बाट नाम सिफारिस गरेको हो ।

सुनार लामो समय देखी कम्यूनिस्ट आन्दोलनमा सकृय भुमिकामा रहेका छन । उनी करिब दुई दशक भन्दा लामो समय देखि माओवादी आन्दोलनमा रहि काम गर्दै आएका छन ।

माओवादी आन्दोलनमा रहि पार्टीको हितमा र पार्टीको नियम अनुसार विभिन्न सामाजिक कार्यमा समेत आवद्ध रहेका छन । पार्टीको विधान अनुसार सम्रग पिछडीएका वर्ग, समुदाय, अन्यायमा पडेका व्यक्ति समुदायको हितमा रहि सामाजिक कार्यमा आवद्ध रहेका छन । सामाजिक कार्यमा आवद्धका क्रममा उनले अन्यायमा परेका लाई न्याय दिलाएका छन । यस्तै पिछडीएका वर्ग, समुदायको अवाजलाई वुलन्द गराउन विभिन्न ठाउँमा आफ्नो आवाज उठाउदैं उनिहरुको पक्षमा निडर्ता पूर्वक नेतृत्व समालेका छन ।

यति मात्र नभई देश र समाज परिवर्तनको मुख्य बाटो भनेको शिक्षा हो भन्दै शिक्षा क्षेत्रमा पनि एक अमूल्य भुमकामा रहेका छन । उनी श्री महुन्याल माध्यामिक विद्यालयको व्यवस्थापन समितिका अध्यक्ष समेत हुन । उनले शिक्षालाई आधुनिक र व्यवहारी बनाउन विभिन्न कार्य गरेका छन । जसमा पछिल्लो समय देशमा आवश्यक पर्ने कम्यूटर शिक्षालाई समेत विद्यालयमा संचालनमा ल्याउन एक महत्वपूर्ण भुमिकामा रहेका छन । स्थानीय सरकार, प्रदेश सरकार तथा केन्द्र सरकार सँग विभिन्न समयमा समन्वय गर्दै श्री महुन्याल मा.वि.मा छात्रा वास, कम्पूटर शिक्षा, लगाएतका अन्य योजना ल्याउन सफल भएका हुन ।

उनी कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ का वासिन्दा हुन । उनि हाल नेकपा (माओवादी केन्द्र) बर्दगोरिया गाउँ कमिटी उाध्यक्ष तथा पार्टीको भातृ संगठन नेपाल दलित मुक्ति मोर्चा बर्दगोरिया गाउँ कमिटी अध्यक्ष हुन ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार