कैलाली निर्वाचन क्षेत्र नम्बर २ (ख) का लागी समानुपातिक तर्फबाट बालकुमारी सुनारको नाम सिफारीस

२७ भाद्र २०७९, बर्दगोरिया (कैलाली) । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि नेपाली कांगे्रसले कैलाली क्षेत्र नम्बर–२ अन्तर्गत प्रदेशसभा (ख) का लागि समानुपातिक तर्फबाट बालकुमारी सुनारको नाम सिफारीस गरेको छ ।

नेपाली कांगे्रसले बर्दगोरीया गाउँ कमिटिले कैलाली क्षेत्र नम्बर–२ अन्तर्गत प्रदेशसभा (ख) का लागि सुनारको नाम सिफारिस गरेको हो ।

बर्दगोरिया गाउँ कमिटिको बैठकले सुनारलाई प्रदेशसभा सदस्य निर्वाचनको लागि समानुपातिक तर्फबाट उम्मेदवार सिफारिस गरी जिल्ला समितिलाई सिफारिस गरेको हो ।

सुनार एक सकृय राजनितिज्ञ हुन । उनले पार्टीको हितमा रहि थुर्पै सामाजिक कार्य समेत गर्दै आएकी छन ।
सुनारको समाजमा एक प्रकारको आफ्नै छुट्टै पहिचान रहेको छ । उनी पार्टी सँगै रहि विभिन्न सामाजिक कार्य गर्दै आएकी छन । उनी समाजमा रहेका पछिडिएका वर्ग, समुदाय तथा पिडित पक्षलाई न्याय दिलाउन दिनरात नभनी सामाजिक कार्यमा हुमिदै आएकी छन ।

महिला, बालबालिका, पिडित पक्षका हितमा सामाजिक कार्य गर्दै आएकी छन । यस्का साथै विभिन्न सामाजिक संस्थामा आवद्ध हुँदै समाज परिवर्तको लागि एक अमूल्य भुमिका खेल्दै आएकी छन ।

प्रदेश सभा (ख) का लागि प्रत्येक्ष तर्फ भरत कुमार शाही र समानुपातिक तर्फ दलित महिलाबाट सुनार,आदीबासी जनजातीबाट टेक नाम्जाली मगर थारु समुदायबाट भीम बहादुर थारु र खस आर्यबाट लोकेन्द्र बढुवाल उम्मेदवार सिफारिस भएको नेपाली कांग्रेस गाउँ कमिटि सभापती कृष्ण बिष्टले जानकारी दिए ।

सुनार कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नम्बर १ की वासिन्दा हुन । उनीले आफ्नो छुट्टै एक व्यवसाय पनि संचालन गर्दै आएकी छन । सुनारका दुई सन्तान रहेका छन ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार