नेकपा (माओवाद केन्द्र) कैलाली क्षेत्र नम्बर २ ले गर्यो उम्मेदवारीको नाम सिफारिस
२३ भाद्र २०७९, कैलाली । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि नेकपा (माओवादी केन्द्र) कैलालीले क्षेत्र नम्बर २ ले उम्मेदवारीको नाम सिफारिस गरेको छ । बिहिवार कैलालीको लम्की चुहा नगरपालिकाको पार्टी कार्यालयमा बसेको बैठकले कैलाली क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्ष र समानुपातिक तर्फका लागि उम्मेदवार सिफारिस गरेको हो । प्रतिनिधि सभाको प्रत्यक्षतर्फ भगत बडुवाल, लाल बदादुर सोडारी, दुर्गा बडुवाल को नाम सिफारिस गरेको छ । प्रतिनिधि सभाको समानुपातिकतर्फ कमल खनाल, कृष्णा बडुवाल ज्ञवाली, दिपक चौधरी (कम्लहरी), प्रेम बहादुर बयक (अपाङ्ग), विशाल पहराई, भगवती देवि डगौरा को नाम सिफारिसमा परेका…