नेकपा एमाले परित्याग गर्दै बर्दगोरिया-३ का कविराज र पदम तिरुवा (माओवादी केन्द्र)मा प्रवेश

बर्दगोरिया । नेकपा एमाले परित्याग गर्दै बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ का कविराज तिरुवा र पदम तिरुवाले माओवादी केन्द्रमा प्रवेश गरेका छन ।

उनीहरुलाई आज नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य भगत वडुवाल, सुदुरपश्चिम प्रदेश कमिटी सचीव नन्द बहादुर साउद लगाएका नेता कार्यकर्ताले पार्टीमा पुन स्वागत गरेका हुन ।

उनिहरुले बिहिवार मात्र माओवादी केन्द्र बाट नेकपा एमालेमा प्रवेश गरेका थिए । कविराज तिरुवा यस अघि नेकपा माओवादी केन्द्र जेष्ठ कम्युनिस्ट सुदुरपश्चिम प्रदेश सदस्य र पदम तिरुवा सुदुरपश्चिम प्रदेश कमिटी सल्लाहकार सदस्य रहेका थिए ।

यस्तै आज नै उनीहरुले आज एक विज्ञप्ती जारी गर्दै आफुहरु केहि आन्तरिक मन मुटाबका कारण यहि असोज २७ गतेका दिन आफुहरु नेकपा माओवादी केन्द्र बाट परित्याग गरि नेकपा एमाले पार्टीमा प्रदेश गरेको भएपनि आज मिति २०७९ साल असोज ३० गते बाट पुन आफुहरु माओवादी केन्द्रमा नै प्रदेश गरेको जानकारी गराईन्छ ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार