नागरिक उन्मुक्ति पार्टीले कैलालीसहित ३ जिल्लामा लगायो उम्मेदवारको टुङ्गो, कैलालीमा को-को?

३, असोज २०७९ कैलाली । मंसिर ४ गते हुने प्रदेशसभा र प्रधिनिधिसभा सदस्य निर्वाचनका लागि नागरिक उन्मुक्ति पार्टीले उम्मेदवार टुङ्गो लगाएको छ ।
निर्वाचनका लागि पार्टीले कैलालीसहित ३ जिल्लामा उम्मेदवार टुङ्गो लगाएको हो। तीन जिल्ला हरुमा कैलाली, कञ्चनपुर र बर्दिया जिल्लाबाट उम्मेदवार हुनेको नाम करिब–करिब टुङ्ग्याएको सो पार्टीले जनाएको छ ।

पार्टीका संगठन विभाग प्रमुख लक्ष्मण किशोर चौधरीका अनुसार सो पार्टीले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवार करिब करिब टुङ्गो लागेको बताए । उनका अनुसार ५ वटा निर्वाचन क्षेत्र रहेको कैलालीमा क्षेत्र नम्बर १ बाट रेशम चौधरीकी पत्नी तथा पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीको नाम सर्वसम्मत सिफारिस भएको र रञ्जिता नै उम्मेदवार बन्ने निश्चित भएको छ ।

त्यस्तै, कैलाली निर्वाचन क्षेत्र नं. २ बाट अरुण चौधरी, क्षेत्र नं. ३ बाट गंगा चौधरीको नाम टुङ्गो लागेको छ, भने क्षेत्र नं. ४ बाट राजाराम चौधरी र पूर्व सांसद कैया चौधरीमध्ये एक जना उम्मेदवार बन्ने भएका छन ।

सरकारले टीकापुर घटनामा संलग्नविरुद्धका मुद्दा फिर्ता लिने निर्णय गरेसँगै कैलाली क्षेत्र नं. ५ बाट थरुहट नेता लक्ष्मण थारुलाई उम्मेदवार बनाउने तयारी भइरहेको छ ।

३ निर्वाचन क्षेत्र रहेको कञ्चनपुर जिल्लाबाट पनि नागरिक उन्मुक्ति पार्टीले उम्मेदवारी दिने तयारी गरेको छ । क्षेत्र नं. १ बाट पार्टीका जिल्ला अध्यक्ष नन्दकुमार राना, क्षेत्र नं. २ बाट फूलराम चौधरी र ३ बाट मुन्नी चौधरीलाई उम्मेदवार बनाउने तयारी भएको छ ।

त्यस्तै, २ वटा निर्वाचन क्षेत्र रहेको बर्दियाको निर्वाचन क्षेत्र नं. १ मा ३ जनाको नाम अगाडि सारिएको छ । सो क्षेत्रबाट डा. प्रदीप ढकाल, सोमै थारु र पार्टीकै संगठन विभाग प्रमुख लक्ष्मणकिशोर चौधरीमध्ये एक जना उम्मेदवार बन्ने जनाइएको छ । क्षेत्र नं. २ बाट रेशम चौधरीको नाम अगाडि सारिएको छ ।

स्थानीय तह निर्वाचनमा कुनै पनि दलसँग गठबन्धन नगरी सो पार्टीले कैलालीको ४ स्थानीय तहमा प्रमुख जितेर आफूलाई स्थापित गरिसकेको छ । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पनि सो दलले कसैसँग गठबन्धन नगर्ने रणनीति बनाएको जनाइएको छ ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार