पहलमानपुर, ९ असोज । संघ र प्रदेश तहको निर्वाचन नजिकन थालेपछि अचेत राजनैतिक दलहरु उम्मेदवार छनौंटमा गृहकार्य गरिरहेका छन् । सोहि अनुरुप पार्टी स्थापनाको छोटो समयमै कैलालीमा स्थानीय तहको निर्वाचन २०७९ मा चार ओटा पालिका जिती चर्चा कमाएको नागरिक उन्मुक्ति पार्टी पनि सो कार्यमा जुटेको छ ।
यसै विच पार्टीका केन्द्रिय अध्यक्ष रन्जिता श्रेष्ठ चौधरीले कैलाली क्षेत्र नं. १ बाट संघिय निर्वाचमा भाग लिने घोषणा समेत गरिसकेकी छन् । उनि सँगै पार्टीले कैलालीमा आफ्नो उम्मेदवारहरुको टुङ्गो लगाईसकेको छ तर जिल्लाका केहि शिर्ष नेताहरुले उम्मेदवार छनौंट पारदर्शी नभएको भन्दै असन्तुष्टि ब्यक्त गरिरेहका छन् ।
ति मध्ये एक हुन् पार्टीका केन्द्रिय सदस्य तथा कर्णाली प्रदेश सह–संयोजक सन्तोष कठरिया । उनि पार्टीको संगठन विस्तार लगायतका विविध कृयाकलापमा अधिकांस देखिने अनुहार हुन् । स्थानिय निर्वाचनमा जोशीपुर गाउँपालिकामा सो पार्टी नेतृत्व तह सम्म पुग्न समेत उनको मुख्य भुमिका रहेको जानकारहरु बताउँछन् ।
तर हाल आएर केन्द्रिय सदस्य कठरिया नागरिक उन्मुक्ति पार्टीमा पछिल्लो समय बढ्दै गएको बिकृति, अस्वस्थ प्रतिस्पर्धाका कारण पार्टी परित्यागको सुरसारमा छन् । उनले अइतवार मात्रै आफ्नो सामाजिक संजाल (फेसबुक) मार्फत कैलाली क्षेत्र नं. १ प्रदेश क बाट स्वतन्त्र उम्मेदवारीको घोषणा गरेका छन् । जसका लागि यहि असोज १४ गते उनले आफ्नो एजेन्डा सहितको आधिकारिक उम्मेदवारी घोषणा गर्ने बताए छन् ।
केन्द्रिय सदस्य कठरियाले भने ‘नागरिक उन्मुक्ति पार्टीमा नाताबाद, कृपाबादले जरा गाड्दै गएको छ, ब्यक्तिको दक्षता, क्षमता भन्दा पनि निकटताले स्थान पाईरहेको छ । पार्टी निति, विधि र सिन्द्धान्तको परिधीमा चल्न सकेको छैन् ।
लामो समय देखि राजनितीमा तथा विभिन्न संघ, संस्थाको नेतृत्वमा सक्रिय कठरियालाई कैलाली क्षेत्र नं. १ को लोकप्रिय र महत्वपुर्ण ब्यक्तिको रुपमा हेर्ने गरिन्छ । उनले पार्टी परित्याग गरि स्वतन्त्र रुपमा निर्वाचनमा सहभागि भए नागरिक उन्मुक्ति पार्टीलाई ठुलो क्षेति हुने स्थानिय जानकारहरु बताउँछन् । कठरिया सँगै अन्य स्थानिय नेता कार्यकर्ताहरु समेत पार्टी परित्यागको तयारीमा रहेको स्रोतको भनाई छ ।