किसान बहुउद्देश्यीय सहकारी बौनिया शाखाको केन्द्र प्रमुखहरुको भेला बौनियामा सम्पन्न

बर्दगोरिया । कैलालीको बर्दगोरिया २ सडकपुर बौनियामा किसान बहुउद्देश्यीय सहकारी संस्था बौनिया शाखाको केन्द्र प्रमुखहरुको भेला शुक्रबार सम्पन्न भएको छ ।

संचालक समितिका सदस्य शिव बहादुर स्वारको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथी बर्दगोरिया गाउपालिकाका अध्यक्ष कर्ण कुँवर रहनु भएको थियो ।

बौनिया शाखाकि लेखा मिना अधिकारीको स्वागत मनतब्य संगै सुरु भएको कार्यक्रममा, बर्दगोरिया गाउपालिका वडा नम्बर २ का वडा अध्यक्ष गोबिन्द बिक ,कार्यपालिका सदस्य सरस्वती बिक ,कोसेली एफएमका प्रबन्ध निर्देशक लिलाजङ्ग शाही ,बौनिया बजार ब्यबस्थापन समितिका अध्यक्ष अमर बहादुर बम ,बौनिया जेसीज बर्ष २०२३ का अध्यक्ष चक्र बहादुर शाही लेखा सुपरिवेक्षण समितिका संयोजक नृप बहादुर कुँवर लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

बर्दगोरिया गाउपालिका कार्यपालिका सदस्य सरस्वती बिक ,भावना बिक ,लम्किचुहा नगरपालिका वडा नम्बर १० वडा सदस्य गिता थापा सहित संस्थाका शेयर सदस्य स्थानिय तहमा निर्वाचित भएका कारण उनिहरुलाई सम्मान गरेको छ ।

कार्यक्रममा उत्कृष्ट केन्द्र प्रमुख , उत्कृष्ट केन्द्र, उत्कृष्ट बचतकर्ता लगाएत सदस्यहरुलाई समेत सम्मान गरिएको थियो ।

२०५२ सालमा ६० हजार बचत बाट स्थापना गरिएको उक्त सहकारी संस्थाले अहिलेसम्म ३७ करोड ३४ लाख ८ सय शेयर पुजि ,५ अर्व २७ करोड ८७ लाख ७७ हजार १८ रुपैयाँ कुल सम्पत्ति आर्जन गर्न सफल भएको छ ।

७८ हजार ४ सय ७० जना शेयय सदस्य रहेको उक्त संस्थाको १ सय ७४ केन्द्र , ३ हजार ७ सय ७५ केन्द्रमा आबद्ध केन्द्र सदस्य अथवा बचतकर्ता महिला मात्र छन् । कार्यक्रमको संचालन शाखा प्रबन्धक नमराज देवकोटाले गर्नु भएको थियो ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार