बर्दगोरियामा संचालित पालिका स्तरीय कक्षा ८ परिक्षाको अनुगमन तथा निरीक्षण

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकामा सञ्चालित पालिका स्तरीय (कक्षा ८ को ) परिक्षाको निरिक्षण गरिएको छ ।

शुक्रबारदेखि सुरुभएको कक्षा ८ को पालिका स्तरीय परिक्षाको गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवर, उपाध्यक्ष गणेश राज गिरि (लालदिप) ,प्रमुख प्रशासकीय अधिकृत अर्जुन सिंह कार्की ,शिक्षा शाखा अधिकृत निरिक लाल कर्ण, बर्दगोरिया गाउँपालिका वडा नम्बर १ का अध्यक्ष मिथुन गौतम सहितको टोलीले अनुगमन तथा निरिक्षण गरेका हुन ।

शुक्रबार पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परिक्षा भएको छ । टोलीले बसन्त मुरारी नमूना मावि बौनिया, कालिका मावि नौनिया, बालकन्या माध्यमिक विद्यालय कट्टिपुर, महुन्याल मावि बास्कोटी, जनता आधारभुत विद्यालय कोइलीभुरुवा, जगततारा इङ्लिस बोर्डिङ स्कुल, श्री मावि कोटातुल्सीपुर, द सनराइज इङ्लिस बोर्डिङ स्कुल, नवलपुर बालबाटीका लगाएतका सामुदायिक तथा संस्थागत विद्यालयमा संचाललित परीक्षाको अनुगमन तथा निरीक्षण गरेको हो ।

सो क्रममा परिक्षा मर्यादित र शान्तपूर्बक सञ्चालन भएको निरीक्षणका क्रममा पाईएको गाउँपालिका अध्यक्ष कर्ण कुँवरले बताए ।

स्थानीय तहहरुको गठन पश्चात कक्षा ८ को परिक्षा स्थानीय तहले नै सञ्चालन गरेपछि त्यसलाई मर्यादित र व्यवस्थित बनाउन अनुगमन तथा निरिक्षण गरिएको उपाध्यक्ष गणेश राज गिरिले बताए । पालिकामा शुक्रबार बाट सुरुभएको परिक्षामा ८ सय २५ जना विद्यार्थी सहभागी भएका छन ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार