बर्दगोरियाका कर्मचारीको टिमलाई हराउँदै पत्रकारको टिम विजयी
बर्दगोरिया गाउँपालिकाको टिमलाई हराउँदै पत्रकारको टिम विजयी बर्दगोरिया (कैलाली) । कैलालीको बर्दगोरिया गाउपालिकामा जारी बर्दगोरिया सेती लोकमार्ग खुल्ला राष्ट्र ब्यापी फुटबल प्रतियोगिताको उद्घाटन खेलमा पत्रकारको टिम विजयी भएको छ । सडकपुर बौनिया युवा क्लबको आयोजनामा भईरहेको उक्त बर्दगोरिया सेती लोकमार्ग खुल्ला राष्ट्र ब्यापी फुटबल प्रतियोगिताको उद्घाटन खेलमा पत्रकारको टिम विजयी भएको हो । उद्घाटन खेलमा बर्दगोरिया गाउँपालिकाका कर्मचारी र बर्दगोरिया गाउँपालिकाका पत्रकार बीच मैत्रीपुर्ण खेल भएको थियो। उक्त मैत्रीपुर्ण खेलमा बर्दगोरिया गाउँपालिकाका कर्मचारीलाई २-१ गोलको अन्तरले हराउँदै विजयी भएको हो । खेलको आज एक कार्यक्रमका बिच बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवरले उद्घाटन गरेका हुन । प्रतियोगितामा मा १२ वटा…