
२२, पौष, लम्की । कैलालीको लम्की चुहा नगरपालिका वडा नम्बर १० मा लक्ष्यित दलित छात्रछात्रा लाई प्रोत्साहन स्वरुप स्टेसनरी सामाग्री वितरण गरिएको छ ।शुक्रवार एक कार्यक्रमका बीच उक्त स्टेसनरी सामाग्री वितरण गरिएको हो ।
वडाको वार्षिक कार्यक्रम अन्तरगत आर्थिक वर्ष २०७९/०८० का लागी लक्ष्यित वर्गका लागि विनियोजित रकम बाट लम्की चुहा नगरपालिका वडा नम्बर १० मा रहेको दलित उत्पीडित सेवा समाज (DDSS) ले प्रोत्साहन स्वरुप १ झोला, १ दर्जन कपी, १/१ दर्जन कलम/पेन्सील, ज्यामेट्रीक बक्स वितरण गरेको हो ।

उक्त सामाग्री वडाको ३ बिधालयका प्रावि सम्मका करिव १७ जना बालबालिकालाई वितरण गरिएको हो ।

लम्की चुहा नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष हर्क बहादुर कठरियाको प्रमुख आतिथ्यमा उक्त सामाग्री वितरण गरिएको हो । सामाग्री हस्तान्तरण गर्दै वडा अध्यक्ष कठरियाले आफुले आफ्नो बजेटले भ्याए अनुसार सम्पुर्ण वर्ग समुदायलाई उनीहरुको आवश्यकता अनुरुप कार्यक्रम ल्याएको बताए । सोही अनुरुप उक्त प्रोत्साहन स्वरुप स्टेसनरी सामाग्री वितरण गरेका हौं । एकै समयमा सबैको आवस्यकता पुर्ण गर्न सम्भव नभएको हुँदा क्रमशः सबैलाई आफुले जोडेर लैजाने हुँदा कसैले चित्त नदुखाउन समेत अनुरोध गरे ।

कार्यक्रममा बिधालयको तर्फ बाट आफ्नो भनाइ राख्दै श्री राष्ट्रिय नव जागृत माद्यामिक बिधालय हिरापुर चुहा की शिक्षिका नवरता खडकाले वडा कार्यालयले दलितमा पनि आर्थिक अवस्था कमजोर भएका बालबालिकालाई स्टेसनरी सामाग्री सहयोग गरि उनीहरुको पढाई प्रतिको रुचि बढाउनुका साथै थप प्रोत्साहन दिएको बताएईन । साथै यस्ता कार्यक्रमलाई वडा सरकारले निरंतरता दिदै आगामी दिनहरुमा अन्य बिध्यार्थि बालबालिकालाई समेटने गरी अगाडि बढन समेत अनुरोध गरिन।
यस्तै कार्यक्रमको समापन गर्दै दलित उत्पीडित सेवा समाज (DDSS) का अध्यक्ष तथा कार्यक्रमका सभापति गोपाल सिह बिकले आफ्नो संस्था विगत लामो समय देखि दलित उत्पीडित वर्ग समुदायका नागरिकको हक अधिकारको लागी सधै निरन्तर आवाज उठाउदै आएको बताए । सोही क्रममा वडाले दलित समुदायका छात्रछात्रालाई लक्ष्यित गर्दै विनियोजित गरेको बजेटको दुरुपयोग नहोस् र सम्बन्धि व्यक्तहरुले उक्त सेवा पाउन भन्दै आफ्नो संस्थाले वडा कार्यालय सङ्ग सहकार्य गर्दै उक्त स्टेसनरी सामाग्री वितरण गरेको बताए ।
कार्यक्रमको संचालन पत्रकार तथा मानव अधिकार कर्मी धनराज विकले गरेका थिए ।
उक्त कार्यक्रमको लागी वडा सरकारले ४० हजार रकम विनियोजित गरेको थियो ।