सुदूरपश्चिम लगाएत अन्य तिन प्रदेशको पहाडी भू–भागमा  हल्का वर्षाको सम्भावना

कैलाली । सुदूरपश्चिम लगाएत अन्य तिन प्रदेशका पहाडी भू–भागमा आज  हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार  सुदूरपश्चिम प्रदेश, गण्डकी, कर्णाली र प्रदेश १ का पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावनाका साथै देशका पहाडी भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको जनाएको छ।

तराईका केही  भू–भागमा  हुस्सु/कुहिरो लाग्ने र दैनिक जीवन र सडक तथा हवाई यातायातमा प्रभाव पर्ने सम्भावना रहेकोले आवश्यक सावधानी तथा सतर्कता अपनाउन पनि  महाशाखाले अनुरोध गरेको छ। हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ।

देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदलीरही तराईका केही भू–भागहरुमा हुस्सु/कुहिरो लागेको छ भने बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार