श्री शिक्षक हित बचत तथा ऋण सहकारी संस्था लि. को ७ औं वार्षिक साधारणसभा सम्पन्न

बर्दगोरिया । श्री शिक्षक हित बचत तथा ऋण सहकारी संस्था लिमिटेड कैलालीको ७ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिवार कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर २ स्थित बौनिया बजारमा सहकारीको ७ औं साधारणसभा सम्पन्न भएको हो ।

शिक्षक हित बचत तथा ऋण सहकारी संस्था लिमिटेडको धनगढी कैलालीकि अध्यक्ष मोतिकला रिजालको सभाध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवर रहेका थिए ।

कार्यक्रममा प्रमुख अतिथिको आसन बाट बोल्दै अध्यक्ष कुँवरले शिक्षक भनेको समाजको मुल मन्त्र भएको बताएका हुन । शिक्षकले समाजको विगत बर्तमात र भविष्यको हितमा काम गर्ने भएकोले हुँदा शिक्षक समाजको मुल मन्त्र भएको बताए । सोहि अनुसार आफुहरुले शिक्षकको हक हित र उनीहरुको व्यवस्थापन गर्न आफु आफ्नो व्यक्तिगत तर्फबाट होस या पालिकाको तर्फबाट होस पछि नपर्ने बताए ।

कार्यक्रममा घोडाघोडी नगरपालिकाका पुर्व नगर प्रमुख ममता चौधरी, नेपाल राष्ट्रिय शिक्षक संगठनका (NNTA) का जिल्ला अध्यक्ष चक्र बिष्टलगाएका ले कार्यक्रमको सफलता शुभकामना व्यक्त गरेका थिए।

कार्यक्रममा संस्थाका कोषाध्यक्ष प्रसाद बुढाथोकीले आर्थिक वर्ष २०७८/०७९ को करिब ७ लाख ५३ हजार १८२ रुपैया बराबरको आयव्यय प्रस्तुत गरेका थिए ।

यसैगरी सहकारीको ७ औं साधारण सभामा संस्थापक अध्यक्ष उमाकान्त मिश्र,संस्थापक उपाध्यक्ष यशोदा जोशी, संस्थापक सचिव नन्दराज जोशी ,संस्थापक कोषाध्यक्ष बक्त बहादुर शाही, तत्कालीन नेपाल राष्ट्रिय शिक्षक संगठन अध्यक्ष कर्ण बहादुर भण्डारी ,उपाध्यक्ष नर बहादुर बम, तारा साउद ,सदस्य ममता प्रसाद चौधरी, र असल शेयर सदस्य लक्ष्मी प्रसाद सापकोटा लगाएतकाले सम्मान गरिएको थियो ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार