बर्दगोरिया मा १ महिने एड्भान्स सिलाईकटाई तालिम शुरु

१९, पौष, बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकामा पुरानो उद्यमीहरुको स्तर उन्नतिका लागी १ महिने एड्भान्स सिलाईकटाई तालिम शुरु भएको छ ।

मंगलबार देखि पालिकाको वडा नम्बर ५ मा उक्त तालिमको सुरुवात भएको हो । तालिमको वडा नम्बर ५ का अध्यक्ष भोलेराम चौधरीले व्यापार वाचन गर्दै उद्घाटन गरेका हुन ।

गत आर्थिक वर्षमा तिन महिने सिलाई कटाई सम्बन्धि तालिम लिएका बर्दगोरिया गाउँपालिका वडा नम्बर १ देखि ६ सम्मका ११ जना महिला हरुको स्तर उन्नति गराउने उद्देश्यका साथ उक्त तालिमको आयोजना गरेको उद्दम बिकास सहजकर्ता कृष्ण चौधरीले जानकारी दिए ।

उनका अनुसार गत आर्थिक वर्षको तिन महिने तालिममा लेडिज कपडा सिलाउन सिकाएको हो । भने यो आर्थिक वर्षमा उनिहरुलो स्तर उन्नति गर्दै सर्ट पाइन्ट सिलाई कटाई गर्न सिकाईने भएको हो ।

उक्त तालिम गरिवी निवारणको लागि लघु उद्दमी उद्दम विकास कार्यक्रम (मेडपा) अन्तरगत उद्दोग बाणिज्य तथा आपूर्ति मन्त्रालयको आर्थिक सहयोगमा सम्पन्न हुन लागेको हो ।

तालिमको प्रशिक्षण बर्दगोरिया गाउँपालिका वडा नम्बर ५ निवासी हिरा देवि चौधरीले गर्ने भएकी हुन ।

तालिमको उद्घाटन गर्दै वडा नम्बर ५ का अध्यक्ष चौधरीले यो एडभान्स तालिमले सहभागीहरुलाई धेरै सहयोग पुग्ने बताए । सोही क्रममा आफुले सिकेको सिप व्यवहारीक जिवनमा लागु गरी आफ्नो आर्थिक स्तर उन्नति गर्न समेत सहभागी हरुमा अनुरोध गरे । साथै यस्ता सिप मुलुक कार्यक्रमहरु आफ्नो वडा बाट पनि बजेट विनियोजित गर्दै तालिमको आयोजना गर्ने बताए ।

तालीम माघ १९ गते सम्म संचालन हुने भएको छ । 

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार