मृतकका परिवारलाई समाजसेवी अरुण बिकले गरे खाद्यान्न सहयोग
लम्की । राजनीतिज्ञ एवम् समाजसेवी ढक बहादुर बिक (अरुण)ले मृतकका परिवारलाई खाद्यान्न सामाग्री सहयोग गरेकाछन् । रोजगारीको लागि भारतमा काम गर्न गएका लम्कीचुहा नगरपालिका ६ चैनपुरका ३० बर्षिय मृतक चक्र बिकको परिवारलाई सोमबार घरमै पुगेर बिकले खाद्यान्न सामाग्री सहयोग गरेकाहुन् । डेंगी रोगका कारण बिकको कार्तिक ५ गते भारतको हरियानामा उपचारकै क्रममा अस्पतालमा मृत्यु भएको थियो । बिकको आर्थिक अवस्था कमजोर भई किरियाँ गर्नमा समेत समस्या भएको थाहा पाएपछि मानव सेवाको लागि आफूले सामान्य सहयोग गरेको बिकले बताए । बिकले १ बोरा चामल, दाल,नुन, तेल, बेसार र साबुन सहयोग गिरेका थिए । मृतक बिकको आर्थिक अवस्था धेरै कमजोर छ ।…