सुदूरपश्चिमको मुख्यमन्त्रीका लागि रावलले आज दाबी पेस गर्ने

कैलाली । सुदूरपश्चिमको मुख्यमन्त्रीका लागि आज एमालेका संसदीय दलका नेता राजेन्द्रसिँह रावलले दाबी पेस गर्ने भएका छन्।

एमालेका सचिव तथा सुदूरपश्चिम इन्चिार्ज लेखराज भट्टसहितको सहभागितामा उनी प्रदेशको मुख्यमन्त्रीका लागि दाबी पेश गर्ने भएका हुन्।

सुदूरपश्चिममा एमाले र माओवादीले आलोपालो सरकारको नेतृत्व गर्ने सहमती भएको हो। पहिले एमालेले प्रदेश सरकारको नेतृत्व गर्ने सहमती अनुसार रावलले बुधवार मुख्यमन्त्रीको दाबी पेस गर्ने बताएका छन्।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार