पेट्रोलियम पदार्थको मूल्य ३ रुपैयाँले घट्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।

निगमको सञ्चालक समितिको बैठकले आज राती १२ बजे बाट लागू हुने गरी मूल्य घटाएको हो । तर खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत नै कायम गरेको छ ।

निगमले पेट्रोल, डिजल र मट्टीतेलको मूल्य प्रतिलिटर तीन/तीन रुपैयाँका दरले घटाएको छ । यस्तै आन्तरिक र अन्तर्राष्ट्रिय हवाई इन्धनमा क्रमश: २० र ३० रुपैयाँले घटेको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ । योसँगै अब पेट्रोल प्रतिलिटर १ सय ७५ रुपैयाँ कायम भएको छ । यस्तै डिजल र मट्टीतेल प्रतिलिटर १ सय ७५ रुपैयाँ कायम भएको छ ।
आन्तरिकतर्फ हवाई इन्धनको मूल्य प्रतिलिटर १ सय ७० रुपैयाँ र बाह्यतर्फ प्रतिकिलोलिटर १ हजार ४ सय २० डलर कायम भएको छ ।
यसअघि भारतले पेट्रोलियम पदार्थको मूल्यसूची घटाएर पठाए पनि निगमले भने नघटाएको भन्दै उपभोक्ताले विरोध गर्दै आएका थिए । गएको बिहीवार प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले पेट्रोलियम पदार्थको मूल्य घटाउन निर्देशन दिए पनि निगमले भने आज मात्र मूल्य घटाएको हो ।
यस्तै खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत प्रति सिलिन्डर १ हजार ८ सय रुपैयाँ नै कायम रहेको छ  ।
याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार