लम्कीचुहा-१० मा वडा सदस्य बोहराको पहलमा दाउरा वितरण

२३, पौष, लम्की । पछिल्लो समय अत्याधिक चिसोले जनजीवन प्रभावित बन्दै गएको छ । चिसोले गर्दा जनजीवन प्रभावित बन्दै गएपछि कैलालीको लम्की चुहा नगरपालिका वडा नम्बर १० ले आफ्नो वडाका विभिन्न स्थान दाउरा वितरण गरेको छ ।

बिहिवार वडा नम्बर १० का वडा सदस्य सुरेन्द्र बहादुर बोहराको पहलमा वडाका चुहा, पिपरौवा, सुतैया, तिघरी लगाएता गाउँका विभिन्न सार्वजनिक स्थलमा दाउरा वितरण गरिएको हो ।

वडा नम्बर १० का वडा सदस्य बोहराका अनुसार चिसो बाट बच्न केही राहत मिलोस भन्दै अफ्नो एकल प्रयासमा वडाका विभिन्न सार्वजनिक स्थलमा दाउरा वितरण गरेको बताए ।

सोही क्रममा उनले नौलो प्रेस सङ्ग कुराकानी गर्दै भने ूआफुलाई जनताले विश्वास गरि जनप्रतिनिधिको हैसियत दिएको हुँदा आफुले आफ्नो पहल कदमी बाट सक्ने हर प्रकारको सेवा जनतामाझ लैजाने गरेको छु । यति मात्र नभई आगामी दिनहरूमा पनि एक वडा सदस्य हैसियतले मैले गर्न सक्ने हरेक कार्यहरु समावेशी तरिकाले गर्ने छु। दाउरा वितरणको कार्यमा सबैको घरघरमा गएर वितरण गर्न नसके पनि प्रत्येक गाउँको प्रत्येक सार्वजनिक स्थल ९ चोकचोक० र अस्पताल, प्रहरी चौकी लगाएका स्थानमा आफै गएर दाउरा वितरण गरेको छु । ू

उक्त दाउरा वितरण कार्यमा जङ्गल देखि वडाका प्रत्येक चोकचोक सम्म ल्याई वितरण गर्ने कार्यमावडा सदस्य बोहराको सक्रिय भुमिका रहेको छ ।

दाउरा वितरण गरे पछि स्थानीय वासीहरु खुसी हुँदै वडा सदस्य बोहराको खुलेर प्रशासन गरेका छन ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार