माघ ५ गते सभामुखका लागि निर्वाचन हुने

२६, पौष काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत प्राप्त गरेसँग प्रतिनिधि सभाको सभामुख चयन गर्न माघ ५ गते निर्वाचन हुने भएको छ।

प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर राणाले सभामुख चयनको मिति घोषणा गरेका हुन्।

सभामुखको निर्वाचन कार्यतालिका भने माघ ३ गते प्रकाशित हुनेछ। मंगलबार प्रधानमन्त्री ‘प्रचण्ड’ले विश्वासको मत प्राप्त गरेसँगै सभामुख चयनको मिति तोकिएको हो।

प्रधानमन्त्री प्रचण्डले उपस्थित २ सय ७० सांसदमध्ये २ सय ६८ मत प्राप्त गरेका छन्। उनलाई नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चाले मात्रै विश्वासको मत नदिएका हुन्।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार