आज पृथ्वी जयन्तीः देशभर सार्वजनिक विदा

कैलाली । आज पृथ्वी जयन्ती । देशभर विभिन्न कार्यक्रम मनाईदैं छ । पृथ्वी जयन्तीकै अवसरमा सरकारले पनि देशभर सार्वजनिक विदा दिएको छ।

आज पृथ्वी जयन्ती, नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहको योगदान स्मरण गरेर मनाइँदैछ। गोर्खाली राजा नरभूपाल शाह र रानी कौशल्यावतीका जेठा छोराका रूपमा विसं. १७७९ पुस २७ गते जन्मिएका शाहले बाइसे–चौबीसे राज्यमा छरिएर रहेका राज्यहरुलाई एकत्रित गरेर आधुनिक नेपाल निर्माण गरेका थिए।

भौगोलिक रुपमा नेपाल एकीकरण गरेकाले शाहलाई राष्ट्र निर्माताको उपमा समेत दिने गरिएको छ। सोमबार बसेको मन्त्रीपरिषद् बैठकले आज २७ पुसमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो। प्रधानमन्त्रीलाई समर्थन गरेको दल राप्रपाले सरकारमा सहभागी हुन २७ पुसलाई राष्ट्रिय एकता दिवसको मान्यता दिई सार्वजनिक बिदा दिनुपर्ने माग राखेको थियो।

उक्त निर्णय कार्यान्वयन गर्दै मन्त्रिपरिषद् बैठकले २७ पुसमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार