दार्चुलामा भिरबाट लडेर १ जनाको मृत्यु

कैलाली । भिरबाट लडेर दार्चुलामा एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा जिल्लाको मालिकार्जुन गाउँपालिका–८ चस्कोटका ४० वर्षीय जयराम लुहार रहेका छन । उनको धमालेक सल्याड भिरबाट लडेर मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहका अनुसार शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइएको छ।

घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार