अखिल र राष्ट्रिय युवा संघ नेपालको स्थापना दिवसको अवसरमा शैक्षिक सामाग्री वितरण

जेठ १, कैलाली । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) काे ५९ औं र राष्ट्रिय युवा संघ नेपालकाे ३४ औं स्थापना दिवसको अवसरमा लम्किकाे एक बिधालयमा शैक्षिक सामाग्री वितरण गरिएको छ ।

साेमबार लम्किचुहा नगरपालिका वडा नम्बर ४ स्थित श्री नव जिवन माध्यमिक बिधालयमा एक कार्यक्रम काे आयोजना गर्दै राष्ट्रिय युवा संघ नेपाल र राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) साे बिधालयमा अध्यनरत २५ जना गरिब तथा जेहन्दार विद्यार्थीहरुलाई स्टेसनरी सामाग्री वितरण गरिएको राष्ट्रिय युवा संघ नेपाल लम्किचुहा नगरकमिटि अध्यक्ष नकुल बमले जानकारी  दिए ।

साे अवसरमा बाेल्दै अनेरास्ववियु का केन्द्रीय सदस्य एवम् लम्कि, बहुमुखी क्याम्पसका स्ववियु सभापति कल्पना तिमिल्सिनाले कुनै पनि विद्यार्थीले गरिबीका कारणले मात्र शिक्षा हासिल गर्न नपाउने वातावरणको  अन्त्य हुनुपर्ने भन्दै त्यसका लागि अब लम्किचुहा नगर क्षेत्रमा राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियु एक भएर अगाडि बड्ने कुरामा जाेड दिइन ।

साे अवसरमा कार्यक्रममा उपस्थित नेकपा एमाले जिल्ला कमिटी कैलालीका सदस्य युवा नेता राम बहादुर बाेगटिले राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियुकाे स्थापना दिवसको शुभकामना दिदै युवा र विद्यार्थीले गर्ने रचनात्मक कार्यमा आफू सधैं साथमा रहने कुरा बताए ।

कार्यक्रममा राष्ट्रिय युवा संघ नेपालका नेता कमल रावल लगायत लम्कि चुहा नगरकमिटिका राष्ट्रिय युवा संघ नेपाल र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) का नेता कार्यकर्ता हरुकाे उल्लेख्य सहभागिता रहेको थियो ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार