मुख्य समाचार

सरकारले पार्‍यो भ्रष्ट्राचारीचारलाई कारबाही अभियान तीब्र; बर्दियाको भुरिगाउँमा (माओवादी केन्द्र) द्वारा समर्थनमा र्याली

सरकारले पार्‍यो भ्रष्ट्राचारीचारलाई कारबाही अभियान तीब्र; बर्दियाको भुरिगाउँमा (माओवादी केन्द्र) द्वारा समर्थनमा र्याली

बर्दिया । नेकपा (माओवादी केन्द्र) ले सरकारको भ्रष्ट्राचारी राष्ट्रघाती अपराधीहरुलाई भटाभट कार्वाही गरेपछि त्यसको समर्थनमा राजधानी काठमाण्डौं लगाएत देशभर समर्थन र एक्यवद्धतामा र्याली सहित प्रदर्शनका कार्यक्रमहरु गरेको छ । आफ्नो पार्टीका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले सरकारमा नेतृत्व गर्दा राज्यकोष दुरुपयोग गर्ने, मानव बेचबिखन गर्ने र संस्थागत भ्रष्ट्राचारको सुत्रपात गर्नेहरुमाथि कार्वाही गरेपछि त्यस्को समर्थनमा र्याली निकालेका हुन । प्रचण्ड नेतृत्वको सरकारले पछिल्लो समय मानव वेचबिखन (नक्कली भुटानी शरणर्थी बनाइ ठूलो रकममा विदेश पठाउने काम) लगाएत राज्य कोषको चरम दुरुपयोग बारेका फाईलहरु खोल्दै कानुनी कार्वाही बढाएको छ । सरकारले पूर्व गृहमन्त्री समेत रहेका सत्ताँरुढ दल नेपाली काँग्रेसका नेता बालकृष्ण खाँडलाई समेत पक्राउ गरेको…
पुरा पढ्नुहाेस्
दार्चुलामा भिरबाट लडेर १ जनाको मृत्यु

दार्चुलामा भिरबाट लडेर १ जनाको मृत्यु

कैलाली । भिरबाट लडेर दार्चुलामा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको मालिकार्जुन गाउँपालिका–८ चस्कोटका ४० वर्षीय जयराम लुहार रहेका छन । उनको धमालेक सल्याड भिरबाट लडेर मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहका अनुसार शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइएको छ। घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
पुरा पढ्नुहाेस्

सुदुरश्चिम प्रदेश लगाएत देशका केहि स्थानमा ट्याङ्गसहित हल्का वर्षाको सम्भावना

काठमाडौँ । सुदुरपश्चिम प्रदेश लगाएत देशभर केही स्थानको मौसम आंशिक बदली रही बाँकी भू-भागमा सामान्यतया सफा रहेको छ । हाल देशमा  स्थानीय वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । आज दिउँसो  कोशी, बागमती, गण्डकी, कर्णाली  र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। कोशी प्रदेश लगायत बागमती, गण्डकी, कर्णाली  र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एकदुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। राति भने  देशभर मौसम सामान्यतया सफा रहने छ। बंगालको खाडीमा विकसित भइरहेको…
पुरा पढ्नुहाेस्
बर्दियामा नेकपा (माओवादी केन्द्र)को वैचारिक एवं संगठनात्मक सुधार सहित प्रशिक्षण कार्यक्रम तिब्र गति अघिबढ्दै

बर्दियामा नेकपा (माओवादी केन्द्र)को वैचारिक एवं संगठनात्मक सुधार सहित प्रशिक्षण कार्यक्रम तिब्र गति अघिबढ्दै

बर्दिया । पछिल्लो समय नेकपा (माओवादी केन्द्र) ले बर्दिया सहित देशभर पार्टीमा वैचारिक एवं संगठनात्मक सुधार सहित प्रशिक्षणात्मक कार्यक्रमहरु सञ्चालन गरिरहेको छ । पार्टीको केन्द्रीय योजना अनुसार शुरु भएको प्रशिक्षणको कार्यक्रम अहिले बर्दियामा तिब्र गतिमा बढिरहेको देखिन्छ । बर्दियाका मधुबन, राजापुर, बाँसगढी, बढैयाताल पार्टी कमिटीको प्रशिक्षण सकिएको छ भने गुलरिया, गेरुवा कमिटीको प्रशिक्षणको समेत तयारी भैरहेको बुझिएको छ । त्यस्तै माओवादी केन्द्रको ठाकुरबाबा नगर पार्टीको आयोजनामा दुई दिने प्रशिक्षण कार्यक्रम आजबाट शुरु भएको छ । उक्त कार्यक्रम ठाकुरबाबा–२ कर्मला स्थित जनजाती संग्राहलयमा आजबाट शुरु भएको हो । माओवादी केन्द्रको स्कुलिङ्ग विभागको केन्द्रीय योजना अन्तर्गत शुरु भएको प्रशिक्षण कार्यक्रम प्रदेश, जिल्ला र…
पुरा पढ्नुहाेस्

बर्दगोरियाका संस्थागत बिद्यालयको अनुगमन सम्पन्न ; अधिकान्स बिधालय मापदण्ड बिपरित संचालनमा

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउपालिकाका उपाध्यक्ष ,सामाजिक बिकास संयोजक सहितको टोलिले पालिका भित्र संचालित संस्थागत (निजि) बिधालयहरुको अनुगमन सकेका छन ।  बिद्यार्थी भर्ना अभियान चलिरहेको बेला शिक्षा शाखाले उपाध्यक्ष गणेश राज गिरि, सामाजिक बिकास संयोजक,  प्रबक्ता तथा वडा नम्बर १ का अध्यक्ष मिथुन गौतम र शिक्षा शाखा प्रमुख नन्दा कुमारी भट्ट सहितको टोलिले अनुगमन गरेका हुन । पालिकाले सामुदायिक (सरकारी) बिधालयमा कक्षा १ देखि १० सम्म निशुल्ल शिक्षा घोषणा गरेका बेला संस्थागत बिधालयको शैक्षिक र भौतिक स्थिति बारेमा जानकारी लिन पालिकाले अनुगमन थालेको उपाध्यक्ष गणेश राज गिरिले बताए । अनुगमनका क्रममा धेरै बिधालय शैक्षिक निर्देशिकाको मापदण्ड बिपरित संचालन भएको पाईएका उपाध्यक्ष…
पुरा पढ्नुहाेस्
जन्म दिनको अवसरमा खाघान्न सहयोग

जन्म दिनको अवसरमा खाघान्न सहयोग

बैशाख २९, कैलाली । राष्ट्रिय युवा संघ नेपाल लम्किचुहा नगर कमिटी अध्यक्ष नकुल बम ठकुरीले जन्म दिनको अवसरमा खाधान्न सहयाेग गरेका छन् । बमले लम्किचुहा नगरपालिका वडा नम्बर २ स्थित बघाैरा निवासी प्रकाश नेपालीको परिवारलाई आफ्नो जन्म दिनको अवसरमा नेपालीको निवासमै पुगेर करिब चार महिनालाई पुग्ने सहयाेग स्वरुप खाद्यान्न हस्तान्तरण गरेका हुन । बमका अनुसार जन्म दिनको नाममा गरिने फजुल खर्चका साटो सानाे भए पनि मानव सेवा गर्न पाउदा आफुलाई खुसि लागेको कुरा व्यत्त गरेका छन् । बम लम्किचुहा नगरपालिका क्षेत्रमा एक कुशल र नेतृत्वदायि क्षमता भएको युवाका रुपमा परिचित रहदै आयका छन् ।
पुरा पढ्नुहाेस्
अब व्यक्तिगत घटना दर्ता प्रमाणपत्र एक पटकलाई सच्याउन मिल्ने

अब व्यक्तिगत घटना दर्ता प्रमाणपत्र एक पटकलाई सच्याउन मिल्ने

काठमाडौ । सरकारले व्यक्तिगत घटना दर्ता प्रमाणपत्र एक पटकलाई सच्याउन मिल्ने कानुन बनाउने भएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन २०७६ मा जन्म, नाम, थर वा अन्य विवरण एक पटक दर्ता भएपछि दर्ता भएको मितिले एक वर्षभित्र मात्रै सच्याउन सक्ने व्यवस्था छ । उक्त व्यवस्थालाई सरकारले परिवर्तन गरी जहिले सुकै सच्याउन सकिने गरी सम्बन्धित ऐन संशोधन गर्न लागेको हो । तर, जहिले संशोधन गर्न पाइने भए पनि एक पटक मात्रै संशोधन गर्न सकिनेछ । कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले प्रतिनिधिसभामा दर्ता गरेको ‘केही नेपाल ऐन संशोधन विधेयक २०८०’ मा यस्तो प्रस्ताव गरिएको हो ।
पुरा पढ्नुहाेस्
घोडाघोडी नगरपालिका द्वारा दुना टपरीको प्रयोग गर्न आग्रह

घोडाघोडी नगरपालिका द्वारा दुना टपरीको प्रयोग गर्न आग्रह

सुखड । कैलालीको घोडाघोडी नगरपालिकाले पालिका भित्र रहेका होटेल, रेस्टुरेन्ट, खाजा घर, विवाह, भोज भतेर, बत्रबन्ध, मेला पर्व र होमस्टेमा सालको पातबाट निर्मित दुना टपरीको प्रयोग गर्न आग्रह गरेको छ । नगरपालिकाले आज एक सूचना जारि गर्दै आम सरोकारवालाहरुलाई सालको पातबाट निर्मित दुना टपरीको प्रयोग गर्न आग्रह गरेको छ । प्लास्टिक जन्य बस्तुहरूको विस्थापन गर्दे स्थानीय कच्चा पदार्थ बाट निमार्ण भएका दुना टपरीको प्रयोगलाई प्राथमिकता दिन सबैमा अनुरोध गरेको छ । दुना टपरीको प्रयोग पश्चात् टपरीलाई कम्पोस्ट मल बनाउन प्रयोग गरिने हुँदा वातावरण सफा र स्वच्छ हुने विश्वास गरिएको छ । पालिकाले प्लास्टिक मुक्त अभियान सफल पार्न दुना टपरी उत्पादनमा जोड…
पुरा पढ्नुहाेस्
सुखड बजारका व्यापारीहरूले स्वः स्फूर्त रुपमा व्यापारिक टहराहरू हटाउँदै 

सुखड बजारका व्यापारीहरूले स्वः स्फूर्त रुपमा व्यापारिक टहराहरू हटाउँदै 

सुखड । कैलालीको घोडाघोडी नगरपालिका–१ सुखड बजारका व्यापारीहरूले स्वः स्फूर्त रुपमा टहराहरू हटाउन थालेका छन् । सुखड–भजनी सडक खण्डको मुख्य बजार सुखड चोक देखी शान्तिनगर चोक सम्मको अतिक्रमित संरचना हटाउन नगरपालिकाले २१ दिने अल्टिमेटम सहितको सूचना जारी गरे पछि व्यापारीहरू समय अभावै स्वः स्फूर्त रुपमा टहरा हटाउन लागेका हुन । आफूहरूले उक्त सडक छेउछाउमा बनाएका खोका, छाप्रा, टहरा, संरचना लगायत सबै प्रकारका अतिक्रमित संरचना हटाउन लागी परेको व्यापारीहरूले बताएका छन् । आफूहरूले खोका, छाप्रा, टहरा हटाएर स्थानीय सरकारलाई सहयोग गरेको उनिहरुको भनाई रहेको छ । नगरपालिकाले अतिक्रमित संरचना हटाउन २१ दिने अल्टिमेटम सूचना जारी गरेको थियो । साथै आफैँले उक्त संरचनाहरु…
पुरा पढ्नुहाेस्
कैलालीको धनगढी स्थित एक चमेनागृहमा आगलागी

कैलालीको धनगढी स्थित एक चमेनागृहमा आगलागी

कैलाली । कैलालीको धनगढी स्थित एक चमेनागृहमा आगलागी भएको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर २ मा रहेको वेस्टर्न कलेजको चमेनागृहमा बिहिवार दिउँसो आगलागी भएको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार राकेश शर्माले सञ्चालन गरेको चमेना गृहमा ग्याँल लिक भएर आगो लागेको हो। आगलागीबाट फ्रिज, टेबुल, कुर्सी लगाएतका सामान जलेका छन्। आगो प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको छ।
पुरा पढ्नुहाेस्