जिल्ला प्रहरी कार्यालय सल्यानको परिसरभित्र भवनको जग खन्ने क्रममा भेटिए बम र विस्फोटक पदार्थ
सुर्खेत । सल्यानमा भवन निर्माणका लागि जग खन्ने क्रममा ठूलो परिमाणमा बम र विस्फोटक पदार्थ फेला परेको छ । शारदा नगरपालिका—३ स्थित जिल्ला प्रहरी कार्यालय सल्यानको परिसरभित्र नयाँ भवनका लागि जग खन्ने क्रममा द्वन्द्वकालीन ८६ वटा बम फेला परेका हुन्। जसमध्ये ८२ सकेट बम, ३ सुतली बम र १ वटा बोतल बम रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । सल्यानका प्रहरी प्रमुख हेमबहादुर केसीका अनुसार, बुधबार दिउँसो १२ः३५ बजेतिर नयाँ भवनको जग खन्ने क्रममा सकेट बमजस्तो देखिने शंकास्पद वस्तु फेला परेको थियो । ‘त्यसपछि डिस्पोजका लागि नेपाली सेनाको सिद्धीबक्स गण सल्यानसँग समन्वय भयो,’ उनले भने, ‘त्यसपछि…
















