मुख्य समाचार

मौसम पूर्वानुमान; सुदूरपश्चिम लगाएत सातै प्रदेशमा चट्याङ्गसहित सहित वर्षाको सम्भावना 

मौसम पूर्वानुमान; सुदूरपश्चिम लगाएत सातै प्रदेशमा चट्याङ्गसहित सहित वर्षाको सम्भावना 

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी र स्थानीय वायुको साथै नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको जनाएको छ। जसको प्रभावले कोशी, मधेस, बागमती, गण्डकी प्रदेशलगायत देशको हिमाली र पहाडी भूभागमा साधरणतया बादल लागेको छ । बाँकी भूभागमा आंशिक बादल लागेको छ। आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भूभागमा साधरणतया  बादल लाग्ने तथा लुम्बिनी र सुदूरपश्चिम  प्रदेशको तराई भूभागमा आंशिक बादल लाग्नेछ। कोशी र मधेस प्रदेश लगायत देशको हिमाली र पहाडी भूभागका केही स्थानहरूमा साथै बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भूभागका थोरै…
पुरा पढ्नुहाेस्
सुरक्षित र स्वच्छ खानेपानी सेवाका लागि नगर प्रमुख शाहीद्वारा ध्यानाकर्षण

सुरक्षित र स्वच्छ खानेपानी सेवाका लागि नगर प्रमुख शाहीद्वारा ध्यानाकर्षण

कृष्ण प्रसाद ओझा, बर्दगोरिया । स्वास्थ्य, जनसङ्ख्या तथा खानेपानी मन्त्री निशा मेहताको अध्यक्षतामा “खानेपानी तथा सरसफाई विषयगत समिति” को बैठक सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा सम्पन्न भएको छ । उक्त बैठकमा सहभागी भई लम्कीचुहा नगरपालिकाका तर्फबाट नगर प्रमुख सुशिला शाहीले सबै वडामा आवश्यक खानेपानी आयोजनाहरूको सुनिश्चितता गर्न माग गर्दै ध्यानाकर्षण गराउनु भएको छ । नगर प्रमुख शाहीले नगरका विभिन्न वडामा अझै पनि सुरक्षित र नियमित खानेपानी सेवाको अभाव रहेको उल्लेख गर्दै दीर्घकालीन समाधान सहितका योजनाहरू कार्यान्वयन गर्न आग्रह गर्नुभएको छ । बैठकमा मन्त्री मेहताले खानेपानी तथा सरसफाई क्षेत्रलाई प्राथमिकतामा राखी आवश्यक बजेट तथा कार्यक्रममार्फत समस्या समाधानतर्फ सरकार प्रतिबद्ध रहेको बताउनुभयो । साथै…
पुरा पढ्नुहाेस्
WASH क्षेत्रको (Flagship) कार्यक्रम तयारी बैठकमा लम्की चुहा नगर प्रमुख शाहीको सहभागीता

WASH क्षेत्रको (Flagship) कार्यक्रम तयारी बैठकमा लम्की चुहा नगर प्रमुख शाहीको सहभागीता

बौनिया । खानेपानी मन्त्रालयको आयोजनामा खानेपानी, सरसफाई तथा स्वच्छता (WASH) क्षेत्रअन्तर्गत सन २०२६ देखि २०३० सम्म सञ्चालन हुने अभियानात्मक (Flagship Programmes) कार्यक्रमको तयारी सम्बन्धी बैठक सम्पन्न भएको छ। सुर्खेत स्थित शुभ होटलमा आयोजित उक्त बैठकमा लम्की चुहा नगरपालिका प्रमुख शुसिला शाहीको सहभागिता रहेको थियो । कार्यक्रममा WASH क्षेत्रका आगामी सम्भावित कार्यक्रम तथा परियोजनाबारे विभिन्न पक्षबाट छलफल तथा प्रस्तुतीकरण गरिएको थियो। बैठकमा सहभागी हुँदै नगर प्रमुख शाहीले WASH क्षेत्रको दिगो विकासका लागि आवश्यक योजना निर्माण, कार्यान्वयन र समन्वयका विषयमा महत्वपूर्ण जानकारी हासिल भएको बताउनुभयो । साथै, यस्ता कार्यक्रमले स्थानीय तहमा खानेपानी तथा सरसफाई सेवाको प्रभावकारी विस्तारमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो…
पुरा पढ्नुहाेस्
मौसम पूर्वानुमानः यी प्रदेशमा भारी वर्षा र हावाहुरीको सम्भावना

मौसम पूर्वानुमानः यी प्रदेशमा भारी वर्षा र हावाहुरीको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको साथै नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेश लगायत देशको हिमाली र पहाडी भूभागमा अधिकांश बादल लागेको छ । बाँकी भूभागमा आंशिक बादल लागेको छ।   आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भूभागमा बादल लाग्नेछ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको धेरै स्थानहरूमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको केही स्थानहरूमा चट्याङ्ग सहित मध्यम सम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ।   कोशी…
पुरा पढ्नुहाेस्
गत २४ घण्टामा सबैभन्दा धेरै वर्षा गुल्मीमा, पश्चिम तराईमा भोलि वर्षाको प्रक्षेपण

गत २४ घण्टामा सबैभन्दा धेरै वर्षा गुल्मीमा, पश्चिम तराईमा भोलि वर्षाको प्रक्षेपण

काठमाडौं । कोशीदेखि लुम्बिनीसम्म भएको वर्षाले गर्मीमा राहत दिए पनि लुम्बिनीदेखि पश्चिमका तराई भूभागमा भने अझै उस्तै गर्मी कायम छ । भोलि भने पश्चिम नेपालका तराईका भूभागमा पनि पानी पर्ने र गर्मीमा राहत मिल्ने मौसमविदहरुको प्रक्षेपण छ ।   जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार भोलि सबै प्रदेशका तराई र पहाडी भूभागका धेरै ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । हिमाली भेगमा भने हिउँ वा पानी पर्ने सम्भावना छ । मौसमविद बिनु महर्जनले भनिन्, ‘बुधबारदेखि विहीबारभित्र कोशी प्रदेशका धेरै ठाउँहरुमा र मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँहरुमा मध्यम खालको पानी पर्ने सम्भावना…
पुरा पढ्नुहाेस्
संसदीय दलको नेता चयन र नेताहरूमाथिको स्पष्टीकरणबारे निर्णय लिन नेपाली कांग्रेसले आज तिन वटा छुट्टाछुट्टै बैठकहरू बोलायो

संसदीय दलको नेता चयन र नेताहरूमाथिको स्पष्टीकरणबारे निर्णय लिन नेपाली कांग्रेसले आज तिन वटा छुट्टाछुट्टै बैठकहरू बोलायो

काठमाडौँ । नेपाली कांग्रेसमा संसदीय दलको नेता चयन र पार्टीभित्रको अनुशासनको विषयलाई लिएर आज (सोमबार) दिनभरि नै बैठकहरूको चटारो हुने भएको छ । दलको नेता चयनमा देखिएको रस्साकस्सी र उजुरी परेका नेताहरूमाथिको स्पष्टीकरणबारे निर्णय लिन कांग्रेसले आजै तीन वटा छुट्टाछुट्टै बैठकहरू बोलाएको हो ।   संसदीय दलको नेता चयनको विषय पेचिलो बनिरहेका बेला बिहान ११ बजे केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै छ । उक्त बैठकमा पार्टी सभापति गगन थापाले संसदीय दलको नेताका लागि सहमतिको प्रस्ताव पेस गर्ने र त्यहीँबाट नाम टुङ्ग्याउने तयारी गरिएको छ ।   कार्यसम्पादन समितिको लगत्तै दिउँसो १ बजे संसदीय दलको बैठक बस्नेछ । निर्वाचन समितिका संयोजक…
पुरा पढ्नुहाेस्
ट्रेड युनियन अधिकार कटौती भए आन्दोलनमा आउने निजामती कर्मचारीको चेतावनी

ट्रेड युनियन अधिकार कटौती भए आन्दोलनमा आउने निजामती कर्मचारीको चेतावनी

काठमाडौँ । संघीय निजामती विधेयकमा प्रस्तावित प्रावधानप्रति असन्तुष्टि जनाउँदै निजामती क्षेत्रमा क्रियाशील विभिन्न ट्रेड युनियनहरूले अधिकार कटौती नगर्न सरकारलाई आगह गरेका छन् ।   नेपाल निजामती कर्मचारी संगठन, नेपाल निजामती कर्मचारी युनियन, नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठन, एकीकृत सरकारी कर्मचारी संगठन, नेपाल, नेपाल मधेसी निजामती कर्मचारी मञ्च तथा स्वतन्त्र राष्ट्रसेवक कर्मचारी संगठन, नेपालले आइतबार संयुक्त विज्ञप्ति जारी गर्दै संघीय निजामती सेवा विधेयकबाट ट्रेड युनियन अधिकार कटौती गर्ने प्रावधान तत्काल खारेज गर्न माग गरेका हुन् ।     साथै, नेपालको संविधान तथा अन्तर्राष्ट्रिय श्रम महासन्धिअनुसार सबै कर्मचारीले स्वतन्त्र रूपमा संगठित हुन पाउने पूर्ण ट्रेड युनियन अधिकार सुनिश्चित गर्न सरकारसँग माग गरेका…
पुरा पढ्नुहाेस्
देशका विभिन्न जिल्लामा भारी वर्षा

देशका विभिन्न जिल्लामा भारी वर्षा

काठमाडौं । मौसम बदलीसँगै आज देशका विभिन्न जिल्लामा भारी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागबाट प्राप्त अभिलेखअनुसार पछिल्लो १२ घण्टाको अवधिमै लमजुङ, रोल्पा, प्यूठान, काभ्रेपलाञ्चोकमा भारी वर्षा मापन भएको छ । प्राप्त विवरणमा सबैभन्दा बढी लमजुङमा ८७।४ मिलिमिटर ९धेरै भारी नजिक० वर्षा भएको छ भने रोल्पामा ६५।२, प्यूठानमा ७४।६ र काभ्रेमा ६३।६ मिलिमिटर वर्षा (भारी वर्षा) भएको छ । यस्तै कास्कीमा ३३, गुल्मीमा ३७ र धनकुटामा ३७ मिलिमिटर वर्षा भएको छ । विभागका मौसमविद् विनु महर्जनले आजदेखि नै देशका धेरै क्षेत्रमा वर्ष हुने भएकाले तातो लहर कम हुने बताइन्। आजदेखि वर्षा बढेको र यो क्रम अझै केही…
पुरा पढ्नुहाेस्
सुदूरपश्चिम प्रदेशसभाको बजेट अधिवेशन आव्हान गर्न सिफारिस

सुदूरपश्चिम प्रदेशसभाको बजेट अधिवेशन आव्हान गर्न सिफारिस

कैलाली : सुदूरपश्चिम प्रदेशको प्रदेशसभाको बजेट अधिवेशन आव्हान गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गरिएको छ। प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश प्रमुख नजिर मियाँलाई शनिबार भेट गरी बजेट अधिवेशनका लागि सिफारिस पत्र बुझाएका छन्। मुख्यमन्त्री शाहको सचिवालयका अनुसार नेपालको संविधानको धारा १८३ को उपधारा (१० बमोजिम बैशाख १७ गते बिहिबार अपराह्न ४ बजे प्रदेशसभाको आठौं अधिवेशन आव्हान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरिएको छ। सिफारिस पत्र बुझाउन मुख्यमन्त्री शाह प्रदेश प्रमुख निवासमा पुगेका थिए। सो क्रममा समसमायिक राजनीति विषयमा पनि कुरा भएको सचिवालयले जनाएको छ।
पुरा पढ्नुहाेस्
सुदूरपश्चिम प्रदेश सरकारको बजेट खर्च; ९ महिनामा २४ प्रतिशत

सुदूरपश्चिम प्रदेश सरकारको बजेट खर्च; ९ महिनामा २४ प्रतिशत

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष (२०८२/०८३) को बजेट खर्चमा सुधार गर्न सकेको देखिएको छैन । चालु आर्थिक वर्षको ९ महिनासम्म प्रदेश सरकारले जम्मा २४.२४ प्रतिशतमात्र बजेट खर्च गरेको छ । प्रदेश लेखा नियन्त्रक कार्यालयका सूचना अधिकारी बलदेव कपाडीका अनुसार प्रदेश सरकारले चैत मसान्तसम्म जम्मा ७ अर्ब ७६ करोड ४२ लाख १६ हजार रुपैयाँमात्रै खर्च गरेको छ । चालु आर्थिक वर्षका लागि प्रदेश सरकारले ३३ अर्ब ४ करोड ६८ लाख ९८ हजार रुपैयाँको बजेट विनियोजन गरेको थियो । सूचना अधिकारी कपाडीका अनुसार आर्थिक वर्ष सकिन ३ महिनामात्र बाँकी रहँदा सरकारको ढुकुटीमा २४ अर्ब ३७ करोड ६९ लाख २५…
पुरा पढ्नुहाेस्