मुख्य समाचार

काठमाडौंबाट धनगढीतर्फ आउँदै गरेको बस बर्दिया राष्ट्रिय निकुञ्जभित्र दुर्घटना

काठमाडौंबाट धनगढीतर्फ आउँदै गरेको बस बर्दिया राष्ट्रिय निकुञ्जभित्र दुर्घटना

कैलाली । काठमाडौंबाट धनगढीतर्फ आइरहेको खप्तड यातायातको बस बर्दिया राष्ट्रिय निकुञ्जभित्र दुर्घटनामा परेको छ। ना ८ ख १९४९ नम्बरको उक्त बस कैलालीको चिसापानी पुल नजिकै, बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र अनियन्त्रित भई सडकमै पल्टिएको हो। दुर्घटनामा १० जना यात्रु घाइते भएका छन्, जसमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ। घाइतेहरूको तत्काल उद्धार गरी नजिकैका अस्पतालमा उपचारका लागि पठाइएको छ। बस सडकमै पल्टिएकाले उक्त सडकखण्डमा आवतजावत पूर्ण रूपमा अवरुद्ध भएको छ। प्रहरी र सम्बन्धित निकायको टोली घटनास्थलमा पुगेर उद्धार तथा सडक खुलाउने काम जारी राखेको जनाएको छ। घाइतेलाई उपचारका लागि लालरत्न अस्पताल लम्की पुगाइएको प्रहरीले जनाएको छ । अन्य विवरण आउन बाँकी…
पुरा पढ्नुहाेस्
मङ्सिर दोस्रो हप्ता नेकपाको महाधिवेशन, जेठ मसान्तभित्र एकताको काम सक्ने

मङ्सिर दोस्रो हप्ता नेकपाको महाधिवेशन, जेठ मसान्तभित्र एकताको काम सक्ने

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले जेठ मसान्तसम्म एकता प्रक्रियामा जोडिएका सबै घटकसँग एकीकरण र समायोजनको काम सक्ने भएको छ ।     एकीकरण र समायोजन काम सकिएसँगै सङ्गठन सुदृढीकरण र शुद्धीकरण अभियान चलाइने र पार्टीका नेता तथा कार्यकर्ताहरूको कार्यशैली, जीवनशैली र आचरण सुधारका लागि पहल अगाडि बढाइने नेकपाको अन्तरपार्टी निर्देशन (अपानी)–३ मा उल्लेख छ । यस्तै एकता महाधिवेशन आगामी मङ्सिरको दोस्रो हप्ता एकता महाधिवेशन गर्ने भनिएको छ ।     ‘आजको वस्तुगत परिस्थितिमा आम जनतासँग घनिष्ट रूपमा जोडिएको कान्तिकारी कम्युनिस्ट पार्टी निर्माणको वैचारिक, राजनीतिक, साङ्गठनिक तथा सांस्कृतिक स्पष्टतासहित आगामी मङ्सिरको दोस्रो हप्तामा पार्टीको एकता महाधिवेशन सम्पन्न गरिने छ’,…
पुरा पढ्नुहाेस्
अदालतबाट ‘लालीबजार’ रिलिजको लागि फुकुवा

अदालतबाट ‘लालीबजार’ रिलिजको लागि फुकुवा

काठमाडौं । उच्च अदालत पाटनले गत १५ वैशाखमा नेपाली चलचित्र ‘लालीबजार’को प्रदर्शनीमा लगाएको रोकलाई बुधवार फुकुवा गरेको छ । यो सँगै यस अघि रोक्का भएको चलचित्र ‘लालीबजार’लाई अब चलचित्र घरमा व्यावसायिक रूपमा प्रदर्शनको बाटो खुलेको छ । अब यो चलचित्रलाई २५ वैशाखबाट चलचित्र घरमा रिलिज गरिने यसका निर्देशक यम थापाले बताएका छन् ।   वादी समुदायकी एक युवती रोशनी नेपाली वादीले १४ वैशाखमा चलचित्र ‘लालीबजार’को प्रदर्शन रोक्नको लागि माग गर्दै सच्च अदालत पाटनमा रिट हालेकी थिइन् । सो रिटमाथि उच्च अदालत पाटनका न्यायाधीश खडानन्द तिवारी र नेत्रप्रकाश आचार्यको संयुक्त इजलासमा बुधवार बहस भयो । सो बहसको अन्तिममा न्यायाधीशद्वय तिवारी र…
पुरा पढ्नुहाेस्
बर्दगोरियामा देउसी भैलो खेलेर बचेको पैसाले लागु पदार्थ दुर्व्यसनी न्यूनीकरण सम्बन्धी सचेतना मूलक कार्यक्रम गर्दै

बर्दगोरियामा देउसी भैलो खेलेर बचेको पैसाले लागु पदार्थ दुर्व्यसनी न्यूनीकरण सम्बन्धी सचेतना मूलक कार्यक्रम गर्दै

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नं। २ मा रहेका बौनियाँ सन साइन युवा क्लबले लागु पदार्थ दुर्व्यसनी न्यूनीकरण सम्बन्धी सचेतना मूलक कार्यक्रम गर्दै आएको छ ।   युवा क्लबले नेपालीहरूको दोस्रो महान् चाड तिहारको उपलक्षमा खेलेको देउसी भैलो बाट उठेको पैसाले उक्त कार्यक्रम गरेको क्लबका अध्यक्ष वीरेन्द्र विश्वकर्माले नौलो प्रेस लाई जानकारी दिए ।   पछिल्लो समय थुप्रै युवायुवती लागु पदार्थ दुर्व्यसनी तर्फ फसिरहेको बेला उनीहरूलाई लागु पदार्थ दुर्व्यसनीबाट कसरी बाहिर ल्याउन सकिन्छरु र नयाँ युवा पुस्तालाई कसरी लागु पदार्थको कुलतमा फस्न बाट रोक्नको लागि उक्त कार्यक्रम गरेको युवा क्लबका अध्यक्ष वीरेन्द्र विश्वकर्माले बताए ।   लागु पदार्थले व्यक्ति…
पुरा पढ्नुहाेस्
सीमामा भन्सार कडाइः महेन्द्रनगरमा चहलपहल बढ्यो, वनबासा सुनसानसीमामा भन्सार कडाइः महेन्द्रनगरमा चहलपहल बढ्यो, वनबासा सुनसान

सीमामा भन्सार कडाइः महेन्द्रनगरमा चहलपहल बढ्यो, वनबासा सुनसानसीमामा भन्सार कडाइः महेन्द्रनगरमा चहलपहल बढ्यो, वनबासा सुनसान

कञ्चनपुरः पश्चिम नेपालका नेपाल–भारत सीमामा सुरक्षा संयन्त्रले भारततर्फबाट आयात हुने मालसमानमा कडाइ गरेपछि कञ्चनपुरको महेन्द्रनगर बजारमा मालवस्तु किनमेलका लागि चहल पहल बढेको छ।   भारतबाट आायत हुने सामानमा गड्डाचौकी नाकामा भन्सार कडाइ गरेपछि दैनिक उपभोेग्यदेखि मालसमान खरिदका लागि सीमावर्ती भारतीय बजार वनबासा जाने क्रम घटेको छ। यसरी हेर्दा दैनिक मालवस्तु किनमेलका लागि लाग्ने गरेको वनबासा बजार सुनसान हुँदा यता नेपालतर्फका पसलहरुमा चहलपहल बढेको हो।     गड्डाचौकी र आसपासका क्षेत्रमा केही समययता सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले भन्सार जाँचमा कडाइका साथै रु १०० भन्दा बढीको सामान आयात गर्दा भन्सार राजश्व बुझाउनुपर्ने विषयमा सतर्कता बढाएपछि महेन्द्रनगर बजारमा चहलपहल बढेको हो।…
पुरा पढ्नुहाेस्
अध्यादेश जारी भएपछि एक्सनमा बालेन सरकारः बन्द भए ट्रेड युनियनका कार्यालय

अध्यादेश जारी भएपछि एक्सनमा बालेन सरकारः बन्द भए ट्रेड युनियनका कार्यालय

काठमाडौँ । सरकारले अध्यादेशमार्फत निजामती कर्मचारीहरूको ट्रेड युनियन अधिकार खारेज गरेसँगै सरकारी कार्यालयहरूमा रहेका युनियनका कार्यालयहरू बन्द गराउने प्रक्रिया सुरु गरेको छ ।   सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मंगलबार सबै मन्त्रालय, विभाग र निकायहरूलाई परिपत्र गर्दै युनियनका कार्यालयहरू तत्काल बन्द गरी सरकारी सम्पत्ति फिर्ता लिन निर्देशन दिएको हो ।   ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८३’ ले निजामती सेवा ऐनमा रहेको ट्रेड युनियन सम्बन्धी व्यवस्था खारेज गरेपछि सरकारले यो कठोर कदम चालेको हो ।   मन्त्रालयको सचिवस्तरीय निर्णयअनुसार अब कर्मचारी युनियनहरूले प्रयोग गर्दै आएका कार्यकक्ष, भवन, सवारी साधन र अन्य सरकारी सुविधाहरू सम्बन्धित कार्यालयले फिर्ता लिनुपर्नेछ…
पुरा पढ्नुहाेस्
जिप दुर्घटना परि १२ जना घाइते, ३ को अवस्था गम्भीर

जिप दुर्घटना परि १२ जना घाइते, ३ को अवस्था गम्भीर

काठमाडौं । डोल्पाको मुड्केचुलामा जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । घाइतेमध्ये तीनको अवस्था गम्भीर छ । सोमबार साँझ रुकुम पश्चिमको त्रिवेणीदेखि डोल्पाको मुड्केचुला खर्क जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ च ०४२८ नम्बरको जिप मुड्केचुला गाउँपालिका–१ भोटाऔल क्षेत्रमा दुर्घटनामा परेको हो ।   ब्रेक फेल भएर जिप दुर्घटना भएको मुड्केचुला–१ का वडाध्यक्ष पवन बुढाले जानकारी दिए । उनका अनुसार घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर छ । उनीहरूलाई थप उपचारका लागि रुकुम पश्चिमको चौरजहारीस्थित नगर अस्पताल पठाइएको छ । अन्य ९ जना घाइतेको भने स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको वडाध्यक्ष बुढाले बताए ।
पुरा पढ्नुहाेस्
बाढी र पहिरोका कारण यी तीन राजमार्ग प्रभावित

बाढी र पहिरोका कारण यी तीन राजमार्ग प्रभावित

काठमार्डौ । पछिल्लो जानकारीअनुसार आज शनिबार देशका विभिन्न मुख्य राजमार्गहरू अवरुद्ध भएका छन् । बाढी र पहिरोका कारण कतै पूर्ण रूपमा सडक बन्द भएको छ भने कतै एकतर्फी रूपमा सवारी सञ्चालन भइरहेका छन् । नेपाल प्रहरीले दिएको जानकारीअनुसार कोशी प्रदेशअन्तर्गत भोजपुर जिल्लामा बाढीका कारण समस्या देखिएको छ । भोजपुर नगरपालिका–५ बोखिम क्षेत्रमा पर्ने मध्य पहाडी लोकमार्गमा प्रभाव परेको छ । उक्त सडकखण्डमा वैकल्पिक बाटो प्रयोग गरी एकतर्फी रूपमा सवारी सञ्चालन भइरहेको प्रहरीले जनाएको छ । यस्तै बागमती प्रदेशको सिन्धुपाल्चोक जिल्लामा पहिरोका कारण अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । भोटेकोशी गाउँपालिका–२ कोदारीस्थित सडकखण्डमा इकु पहिरो झरेपछि यातायात सेवा पूर्ण…
पुरा पढ्नुहाेस्
यी हुन् राष्ट्रपति पौडेलले जारी गरेका ६ अध्यादेश

यी हुन् राष्ट्रपति पौडेलले जारी गरेका ६ अध्यादेश

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा थप तीन वटा अध्यादेश जारी गरेका छन् । योसँगै पछिल्लो तीन दिनमा जारी भएका अध्यादेशको संख्या ६ पुगेको छ । राष्ट्रपति पौडेलले आज स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३, सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ र विश्वविद्यालयसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ जारी गरेका हुन् । यसअघि उनले वैशाख १८ गते शुक्रबार सम्पत्ति शुद्धीकरण ९मनी लाउण्डरिङ० निवारण ९तेस्रो संशोधन० अध्यादेश २०८३ जारी गरेका थिए । यस्तै, वैशाख १७ गते बिहीबार सार्वजनिक खरिद ९दोस्रो संशोधन० अध्यादेश, २०८३, सहकारी ९पहिलो संशोधन० अध्यादेश, २०८३ जारी भएको थियो । संघीय…
पुरा पढ्नुहाेस्
बुद्ध जयन्तीको अवसरमा चितवनमा मोटरसाइकल यात्रा

बुद्ध जयन्तीको अवसरमा चितवनमा मोटरसाइकल यात्रा

चितवन । विश्व शान्ति बौद्ध समाज तथा विश्व शान्ति बौद्ध आमा समाजले शुक्रबार मोटरसाइकल यात्रा गरेको छ।   भरतपुर महानगरपालिका वडा नं।१२ मा रहेको दुई संस्थाले २५७०औँ बुद्धजयन्तीको अवसरमा मोटरसाइकल यात्रा गरेको हो।   समाजका अध्यक्ष भीमबहादुर गुरूङका अनुसार यात्रा गोन्द्राङ, वसन्तचोक, आस्थाचोक, मोहन मावि, कार्की चोक, सहयोगी टोल, कालिका टोल हुँदै समाजको गुम्बामा आएर समापन भएको थियो।   भरतपुर–१२ का वडाअध्यक्ष लेखराज पन्तको विशेष उपस्थितिमा भएको यात्रापछि प्रसाद ग्रहण गरी कार्यक्रम समापन गरिएको थियो। त्यसभन्दा अघि गुम्बाका धर्मगुरु रामबहादुर गुरूङबाट पूजापाठ गरी विश्व शान्तिको कामना गरिएको थियो।
पुरा पढ्नुहाेस्