यी हुन् राष्ट्रपति पौडेलले जारी गरेका ६ अध्यादेश

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा थप तीन वटा अध्यादेश जारी गरेका छन् ।

योसँगै पछिल्लो तीन दिनमा जारी भएका अध्यादेशको संख्या ६ पुगेको छ ।

राष्ट्रपति पौडेलले आज स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३, सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ र विश्वविद्यालयसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ जारी गरेका हुन् ।

यसअघि उनले वैशाख १८ गते शुक्रबार सम्पत्ति शुद्धीकरण ९मनी लाउण्डरिङ० निवारण ९तेस्रो संशोधन० अध्यादेश २०८३ जारी गरेका थिए ।

यस्तै, वैशाख १७ गते बिहीबार सार्वजनिक खरिद ९दोस्रो संशोधन० अध्यादेश, २०८३, सहकारी ९पहिलो संशोधन० अध्यादेश, २०८३ जारी भएको थियो ।

संघीय संसद्‌का दुवै सदनको अधिवेशन आह्वान गरेको भोलिपल्टै स्थगित गरेर सरकारले धमाधम अध्यादेश राष्ट्रपति पौडेलसमक्ष सिफारिस गरिरहेको छ ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार