बुद्ध जयन्तीको अवसरमा चितवनमा मोटरसाइकल यात्रा

चितवन । विश्व शान्ति बौद्ध समाज तथा विश्व शान्ति बौद्ध आमा समाजले शुक्रबार मोटरसाइकल यात्रा गरेको छ।

 

भरतपुर महानगरपालिका वडा नं।१२ मा रहेको दुई संस्थाले २५७०औँ बुद्धजयन्तीको अवसरमा मोटरसाइकल यात्रा गरेको हो।

 

समाजका अध्यक्ष भीमबहादुर गुरूङका अनुसार यात्रा गोन्द्राङ, वसन्तचोक, आस्थाचोक, मोहन मावि, कार्की चोक, सहयोगी टोल, कालिका टोल हुँदै समाजको गुम्बामा आएर समापन भएको थियो।

 

भरतपुर–१२ का वडाअध्यक्ष लेखराज पन्तको विशेष उपस्थितिमा भएको यात्रापछि प्रसाद ग्रहण गरी कार्यक्रम समापन गरिएको थियो। त्यसभन्दा अघि गुम्बाका धर्मगुरु रामबहादुर गुरूङबाट पूजापाठ गरी विश्व शान्तिको कामना गरिएको थियो।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार